Trending
Prev Story
Next Story

एकदिवसीय विश्वकप छनोटमा सुपर सिक्स चरण हटाइयो

Onlinekhabar •
November 16, 2026 • 06:30 AM
4
4 reads 0 reactions 4 comments

३० कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट सुपर सिक्स चरण हटाएको छ। यसअघि लगातार तीन संस्करणमा प्रयोग गरिएको सुपर सिक्सको संरचना हटाउँदै आईसीसीले आगामी छनोट प्रतियोगिता नयाँ …

एकदिवसीय विश्वकप छनोटमा सुपर सिक्स चरण हटाइयो

३० कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट सुपर सिक्स चरण हटाएको छ।

यसअघि लगातार तीन संस्करणमा प्रयोग गरिएको सुपर सिक्सको संरचना हटाउँदै आईसीसीले आगामी छनोट प्रतियोगिता नयाँ ढाँचामा सञ्चालन गर्ने निर्णय गरेको हो।

आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। उनीहरूलाई पाँच–पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। त्यसपछि सेमिफाइनलका विजेताबीच फाइनल हुनेछ।

यसअघि छनोट प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरी समूह चरणपछि सुपर सिक्स खेलाइन्थ्यो। त्यस क्रममा कुल ३४ खेल हुन्थे र शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउँथे। नयाँ ढाँचामा भने खेल संख्या घटाएर २३ मा सीमित गरिएको छ।

बालीमा आइतबार सम्पन्न बैठकपछि आईसीसीले नयाँ संरचनाबारे जानकारी दिएको हो। यसअघि जुलाईमा आईसीसी बोर्डले स्वीकृत गरेको सन् २०२७ को विश्वकपको परिमार्जित संरचनाअनुसार छनोट प्रतियोगिताको विजेताले १४ टोली सहभागी हुने मुख्य विश्वकपमा सिधै स्थान बनाउनेछ।

छनोट प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो हुने टोलीले विश्वकपको पहिलो चरण अर्थात् सुपर सिरिज खेल्नेछन्। उक्त चरणबाट शीर्ष स्थान हासिल गर्ने टोलीले मुख्य प्रतियोगितामा प्रवेश पाउनेछ।

छनोट प्रतियोगितामा वेस्ट इन्डिज र आयरल्यान्ड वरीयताका आधारमा छनोट भएका छन्। त्यस्तै, विश्वकप लिग–२ बाट अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन्। बाँकी चार टोलीको टुंगो नेपालमा आगामी महिना हुने छनोट प्लेअफबाट लाग्नेछ।

छनोट प्लेअफमा लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोली सहभागी हुनेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
घरेलु मैदानमा अब्बल प्रदर्शन गर्दै विश्वकपसम्म पुग्ने अवसर, यस्तो छ आगामी यात्रा

घरेलु मैदानमा अब्बल प्रदर्शन गर्दै विश्वकपसम्म पुग्ने अवसर, यस्तो छ आगामी यात्रा

तीन पटक आईसीसी टी–२० विश्वकप खेलिसकेको नेपालले एकदिवसीय ढाँचाको विश्वकप खेल्ने अवसर भने पाएको छैन । नेपालजस्तो आईसीसीको एसोसिएट्स सदस्य राष्ट्रका लागि एकदिवसीय विश्वकप मञ्चसम्म पुग्ने गतिलो अवसर ह...

#विश्वकप #आईसीसी
Compare →
Ekantipur
2d ago
क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता प्राप्त जिल्लाभन्दा बाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगिताले प्रदेशमा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको संकेत गरेको छ ।

#छनोट
Compare →
Nagarik News
3d ago
यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ।

#विश्वकप
Compare →
Bizshala
5d ago
मंसिर २ देखि सिटिजन्स सुपर ५० खुल्दै, १ अर्बको योजना चल्न आधा इकाई बिक्नैपर्ने

मंसिर २ देखि सिटिजन्स सुपर ५० खुल्दै, १ अर्बको योजना चल्न आधा इकाई बिक्नैपर्ने

काठमाण्डौ । सिटिजन्स क्यापिटलले मंसिर २ गतेदेखि १ अर्ब रुपैयाँको ‘सिटिजन्स सुपर ५०’ म्युचुअल फण्डको इकाई बिक्री खुला...

#सुपर
Compare →

Related Stories

Sports
Build #2612