Trending
Prev Story
Next Story

लभ गिलको प्रेमकथाले आजित दर्शक, सलमानले सोधे, ‘कहिलेसम्म चल्छ ड्रामा ?’

Onlinekhabar •
November 16, 2026 • 06:30 AM
4
4 reads 0 reactions

भनिन्छ, सलमान खानको अगाडि परेपछि ठूल्ठूला खेलाडीको पनि बोली बन्द हुन्छ । यसपटक ‘बिग बोस २०’ को विकेन्डका वारमा लभ गिलको पालो आएको छ । सलमानले घरवालालाई नै लवको व्यवहारबारे प्रश्न सोधेपछि माहोल तातिएको छ । तर, …

लभ गिलको प्रेमकथाले आजित दर्शक, सलमानले सोधे, ‘कहिलेसम्म चल्छ ड्रामा ?’

भनिन्छ, सलमान खानको अगाडि परेपछि ठूल्ठूला खेलाडीको पनि बोली बन्द हुन्छ । यसपटक ‘बिग बोस २०’ को विकेन्डका वारमा लभ गिलको पालो आएको छ ।

सलमानले घरवालालाई नै लवको व्यवहारबारे प्रश्न सोधेपछि माहोल तातिएको छ ।

तर, घरभित्र मात्रै होइन, बाहिर सामाजिक सञ्जालमा पनि लव र स्काउटको सम्बन्धलाई लिएर दर्शकको आक्रोश पोखिन थालेको छ ।

शोको नयाँ प्रोमोमा सलमान घरका सदस्यहरूलाई सोध्छन्, ‘लवको ठाउँमा अरू कोही भएको भए यस्तो व्यवहार गर्थ्यो होला ?’

सलमानको प्रश्नपछि सबैले आआफ्नो धारणा राख्न थाल्छन् । आम्रपाली दुबेले आफू भएको भए यस्तो अवस्थामा पछि हट्ने बताउँछिन् ।

उदितीले पनि आत्मसम्मान सबैभन्दा ठूलो कुरा भएको भन्दै यस्तो सम्बन्धलाई अनावश्यक रूपमा लम्ब्याउन नहुने धारणा राख्छिन् । अरिश्फाको विचारमा काश्वी घरमा आएपछि नै लभले आफूलाई पछाडि हटाउनुपर्ने थियो ।

लवको व्यवहारमाथि प्रश्न उठाउने क्रममा सलमानले उनीमाथि स्काउटलाई प्रभावित पार्न र सहानुभूति बटुल्न झगडालाई माध्यम बनाएको आरोपसमेत लगाउँछन् ।

उता, कनिका मानलाई पनि सलमानले आफूले कुरा गरिरहेको व्यक्तिअनुसार आफ्नो व्यवहार परिवर्तन नगर्न चेतावनी दिन्छन् ।

यो विषयले घरभित्र चर्चा पाउनु स्वाभाविकै थियो । तर, बाहिर दर्शकको प्रतिक्रिया झन् रोचक देखिएको छ ।

दर्शकलाई चाहिँ एउटै प्रेमकथादेखि दिक्क !

लवलाई मात्रै दोष दिएर स्काउटलाई चोख्याउन खोजिएको भन्दै केही दर्शकले प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘स्काउट दूध पिउने बच्चा हो र ? लवले जे भन्यो त्यही मान्नुपर्ने ?’

अर्का दर्शकले हरेकपटक लवलाई मात्रै प्रश्नको घेरामा राखेर स्काउटलाई सम्झाउने गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । केहीले भने यो विवादमा सधैँ केटीलाई नै सतर्क रहनुपर्ने दोष थोपर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन् ।

तर, दर्शकको एउटा ठूलो गुनासो भने अर्कै छ । उनीहरूलाई लव र स्काउटको सम्बन्धको चर्चा अब धेरै नै लम्बिएको महसुस हुन थालेको छ ।

‘दुई महिनादेखि यही प्रेमकथा देखाइरहेका छन्, अब बन्द गर’, एक प्रयोगकर्ताले लेखेका छन् । अर्काले त शोमा देखाउनका लागि अरू विषय नै नभएजस्तो भन्दै व्यंग्य गरेका छन् ।

कतिपयले लभ र स्काउट दुवैको ड्रामा धेरै भएको भन्दै अब यो प्रसंग टुंग्याउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

यसरी घरभित्र सलमानको प्रश्न र घरवालाको जवाफले लव गिललाई अप्ठ्यारोमा पारेको छ भने बाहिर दर्शक पनि यो प्रेमकथाको अर्को भाग हेर्न खासै उत्साहित देखिएका छैनन् ।

अब आगामी एपिसोडमा लवले आफ्नो बचाउ कसरी गर्छन्, त्यो भने हेर्न बाँकी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Setopati
20h ago
सलमान खानसँग अनुपविक्रम शाहीको दमदार बलिउड डेब्यू, भन्छन्– सपनाजस्तै लागिरहेको छ

सलमान खानसँग अनुपविक्रम शाहीको दमदार बलिउड डेब्यू, भन्छन्– सपनाजस्तै लागिरहेको छ

मनीषापछि बलिउडको यति ठूलो ब्यानरमा, त्यो पनि सलमानको 'अपोजिट' भूमिकासहित प्रवेश गर्ने अवसर नेपाली कलाकारले विरलै पाएका छन्।

#सलमान
Compare →
Hamro Patro News
4d ago
सलमान खान र नेपाली कलाकार अनुप विक्रम शाहीसँग पर्दामा देखिँदै प्रशान्त तामाङ, निधनपछि रिलिज हुँदै उनको अन्तिम फिल्म

सलमान खान र नेपाली कलाकार अनुप विक्रम शाहीसँग पर्दामा देखिँदै प्रशान्त तामाङ, निधनपछि रिलिज हुँदै उनको अन्तिम फिल्म

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको बहुप्रतीक्षित युद्धप्रधान फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’को ट्रेलर सार्वजनिक भएसँगै दिवंगत गायक तथा अभिनेता प्रशान्त तामाङ फेरि चर्च...

#सलमान
Compare →
Ekantipur
1w ago
चारआलीमा नेपथ्यको सांगीतिक गुञ्जन, हजारौं दर्शक झुमे

चारआलीमा नेपथ्यको सांगीतिक गुञ्जन, हजारौं दर्शक झुमे

झापाका विभिन्न स्थानसँगै भारतको नक्सलबारी, पानीटंकी, सिलिगुडी क्षेत्रबाट समेत दर्शक कन्सर्टमा सहभागी बनेका थिए ।

#दर्शक
Compare →
Nagarik News
1w ago
‘मातृभूमि’मा सलमानको युद्ध, अनूप विक्रमको बलियो उपस्थिति

‘मातृभूमि’मा सलमानको युद्ध, अनूप विक्रमको बलियो उपस्थिति

पटक–पटक प्रदर्शन मिति सर्दै आएको फिल्मको नयाँ मिति सलमानले शुक्रबार मुम्बईमा आयोजित प्रचारात्मक कार्यक्रममा घोषणा गरेका हुन्।

#सलमान
Compare →

Related Stories

Sports
Build #2612