Trending
Prev Story
Next Story

सलमान खान र नेपाली कलाकार अनुप विक्रम शाहीसँग पर्दामा देखिँदै प्रशान्त तामाङ, निधनपछि रिलिज हुँदै उनको अन्तिम फिल्म

Hamro Patro News •
November 11, 2026 • 01:21 PM
1
1 reads 0 reactions

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको बहुप्रतीक्षित युद्धप्रधान फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’को ट्रेलर सार्वजनिक भएसँगै दिवंगत गायक तथा अभिनेता प्रशान्त तामाङ फेरि चर्च...

1 / 2
Swipe Photos

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको बहुप्रतीक्षित युद्धप्रधान फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’को ट्रेलर सार्वजनिक भएसँगै दिवंगत गायक तथा अभिनेता प्रशान्त तामाङ फेरि चर्चामा आएका छन्। फिल्मको ट्रेलरमा प्रशान्तको झलक देखिएपछि उनका नेपालीभाषी प्रशंसकहरू भावुक बनेका छन्। यो फिल्म उनको अन्तिम बलिउड फिल्मका रूपमा दर्शकमाझ आउँदैछ।

सन् २००७ मा ‘इन्डियन आइडल सिजन ३’ को उपाधि जितेर एकाएक चर्चामा आएका प्रशान्तले आफ्नो विशिष्ट स्वर र सरल व्यक्तित्वमार्फत भारतभर लाखौँ दर्शक तथा श्रोताको मन जितेका थिए। त्यसअघि उनी कोलकाता प्रहरीमा प्रहरी जवानका रूपमा कार्यरत थिए। सामान्य पारिवारिक पृष्ठभूमिबाट उठेर राष्ट्रिय स्तरको चर्चित गायन प्रतियोगिता जित्नु उनको जीवनको असाधारण उपलब्धि थियो।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने

अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने

सलमान खान स्टारर फिल्म ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएसँगै नेपाली फिल्मवृत्तमा एउटा तरङ्ग फैलिएको छ । त्यो तरङ्गको तार जोडिएको छ, अनुपविक्रम शाहीसँग । बलिउड सुपरस्टारको फिल्ममा एउटा नेपाली अनुहारले कति ठाउँ पाएको होला  ? धेरैको मनमा …

#फिल्म #सलमान #खान
Compare →
Nagarik News
1w ago
‘मातृभूमि’मा सलमानको युद्ध, अनूप विक्रमको बलियो उपस्थिति

‘मातृभूमि’मा सलमानको युद्ध, अनूप विक्रमको बलियो उपस्थिति

पटक–पटक प्रदर्शन मिति सर्दै आएको फिल्मको नयाँ मिति सलमानले शुक्रबार मुम्बईमा आयोजित प्रचारात्मक कार्यक्रममा घोषणा गरेका हुन्।

#फिल्म #सलमान #विक्रम
Compare →
Ekantipur
1w ago
फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले भने- ‘चलचित्रले संस्थागत रूपमा अनुमति पाइसकेपछि सहज रूपमा प्रदर्शन हुनुपर्छ र सर्जकको सिर्जनालाई सम्मान गर्दै उनीहरूको प्रदर्शन गर्ने अधिकारको संरक्षण गरिनुपर्छ ।’

#फिल्म #रिलिज
Compare →

Related Stories

National (Nepal)
Build #2611