Trending
Prev Story
Next Story

फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

Ekantipur •
November 05, 2026 • 07:32 AM
1
1 reads 0 reactions

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले भने- ‘चलचित्रले संस्थागत रूपमा अनुमति पाइसकेपछि सहज रूपमा प्रदर्शन हुनुपर्छ र सर्जकको सिर्जनालाई सम्मान गर्दै उनीहरूको प्रदर्शन गर्ने अधिकारको संरक्षण गरिनुपर्छ ।’

फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले भने- ‘चलचित्रले संस्थागत रूपमा अनुमति पाइसकेपछि सहज रूपमा प्रदर्शन हुनुपर्छ र सर्जकको सिर्जनालाई सम्मान गर्दै उनीहरूको प्रदर्शन गर्ने अधिकारको संरक्षण गरिनुपर्छ ।’

काठमाडौँ — वसन्त निरौला निर्देशित फिल्म ‘पाँच पाण्डव’को प्रदर्शन तोकिएको मितिमै हुने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा फिल्म निर्माण टिमसहित बिहान बसेको छलफलबाट फिल्म प्रदर्शन स्थगित नहुने निष्कर्ष निकालिएको केन्द्रीय चलचित्र जाँच समितिका विज्ञ सदस्य मनोज पण्डितले बताए ।

‘मिटिङमा चलचित्र जाँच समितिका पदाधिकारीहरू, सम्बन्धित चलचित्रकर्मीहरू र गृह मन्त्रालय तथा सञ्चार मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको थियो,' पण्डितले कान्तिपुरसँग भने, 'चलचित्र जाँच समिति एक जिम्मेवार निकाय भएकाले यसले गरेको निर्णय र समितिको विश्वसनीयतालाई सधैं जोगाइराख्नुपर्छ । भविष्यमा पनि चलचित्रकर्मीहरूलाई प्रदर्शन गर्ने अधिकार र सुरक्षा दिनुपर्ने तथा फिल्मको प्रचारप्रसार गर्दा संवेदनशील हुनुपर्ने निष्कर्ष निकालियो ।'

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पनि यो फिल्मलाई रोक्ने कुनै नियत नरहेको र रोक्न नहुने बताएको सन्देश आफूहरुले पाएको पण्डितले बताए । 'चलचित्रले संस्थागत रूपमा अनुमति पाइसकेपछि सहज रूपमा प्रदर्शन हुनुपर्ने र सर्जकको सिर्जनालाई सम्मान गर्दै उनीहरूको प्रदर्शन गर्ने अधिकारको संरक्षण गरिने कुरा मन्त्रीज्यूले व्यक्त गर्नुभयो,' बैठकमा सञ्चारमन्त्रीको सन्देश उद्धृत गर्दै  केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष विष्णुप्रसाद कोइरालाले भनेका थिए ।

फिल्म निर्माण टिमका एक सदस्यले नेपालगन्जको हलमा केही व्यक्ति गएर फिल्म रिलिज गरे तोडफोड गर्ने धम्की दिएका भन्ने खबर आफूहरूले पाएको र यही खबर गृहसचिवसम्म पुगेपछि उनले सञ्चार मन्त्रालयलाई फोन गरेर यसबारे चासो दिएका थिए ‌।

फिल्मको नाम महाभारतका पात्रबाट लिइएको र रिलिज भएको गीतका केही दृश्यलाई लिएर हिन्दु धर्मको अपमान भएको भन्दै ‘पाँच पाण्डव’ फिल्मका विरुद्धमा केही दिनयता सामाजिक सञ्जालमा बहस भइरहेको थियो । तर निर्माण टिमले भने यो फिल्मको कथा महाभारतसँग सम्बन्धित नभएको प्रस्ट्याइसकेको छ ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
फिल्म समीक्षा : 'पाँच पाण्डव'को खोजीमा हराएको ‘अर्जुनदृष्टि’

फिल्म समीक्षा : 'पाँच पाण्डव'को खोजीमा हराएको ‘अर्जुनदृष्टि’

फिल्म समीक्षा : 'पाँच पाण्डव'को खोजीमा हराएको ‘अर्जुनदृष्टि’ धार्मिक कथा नभएकाले यो फिल्मलाई धार्मिक चस्माबाट हेर्दा पनि अन्यायपूर्ण हुन्छ । बरु अन्याय, अत्याचार, लडाइँ र षड्यन्त्रको अन्त्य जीवनपर...

#फिल्म #पाण्डव
Compare →
Nagarik News
6h ago
निर्मातालाई निराश बनाउने ‘पाँच पाण्डव’

निर्मातालाई निराश बनाउने ‘पाँच पाण्डव’

‘आजका आरोप, आलोचना र निराशाभन्दा माथि उठेर भोलि आफ्नो काममार्फत जवाफ दिने साहस अझै जीवित छ,’ उनले लेखेका छन्।

#चलचित्र #पाण्डव
Compare →
Onlinekhabar
1d ago
बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

काठमाडौं । २०८३ वैशाखदेखि असोजसम्मको ६ महिनालाई फर्केर हेर्दा नेपाली चलचित्रको बक्स अफिसमा आशा र निराशाको मिश्रित दृश्य देखिन्छ । केही फिल्मले करोडौं रुपैयाँको व्यापार गर्दै निर्मातालाई राहत दिएका छन् भने अधिकांश फिल्मले लगानीअनुसारको प्रतिफल …

#फिल्म #चलचित्र
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611