Trending
Prev Story
Next Story

निर्मातालाई निराश बनाउने ‘पाँच पाण्डव’

Nagarik News •
November 13, 2026 • 12:17 PM
1
1 reads 0 reactions

‘आजका आरोप, आलोचना र निराशाभन्दा माथि उठेर भोलि आफ्नो काममार्फत जवाफ दिने साहस अझै जीवित छ,’ उनले लेखेका छन्।

निर्मातालाई निराश बनाउने ‘पाँच पाण्डव’

वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’ ले प्रदर्शनको अपेक्षित व्यापार गर्न नसक्दा निर्माण पक्ष निराश देखिएको छ। कात्तिक २० गतेदेखि सिनेमाघरमा प्रदर्शन भइरहेको चलचित्रको शो सङ्ख्या र व्यापार दुवै अपेक्षाअनुसार हुन सकेका छैनन्।

चलचित्रले दर्शकको अपेक्षित साथ नपाएपछि निर्देशक निरौलाले सामाजिक सञ्जालमार्फत आफ्नो भावना व्यक्त गरेका छन्। उनले चलचित्रको व्यावसायिक असफलतालाई यात्राको अन्त्य नभई अझ सशक्त सुरुवातका रूपमा लिने बताएका छन्।

‘यो अन्त्य होइन, अझ सशक्त सुरुवात हो। यात्रा अझै बाँकी छ,’ उनले लेखेका छन्।

निर्देशक निरौलाले ‘पाँच पाण्डव’ केवल चलचित्र मात्र नभई महिनौँको अथक मेहनत, अनगिन्ती सपना, सङ्घर्ष, त्याग र समर्पणको प्रतिफल भएको उल्लेख गरेका छन्। एउटा सिर्जना जन्माउन कति पसिना बग्छ, कति रात निद्राविहीन बित्छन् र त्यसमा कति सपना जोडिएका हुन्छन् भन्ने कुरा त्यसको निर्माणमा संलग्न व्यक्तिले मात्र महसुस गर्न सक्ने उनको भनाइ छ।

चलचित्रमाथि हुने आलोचनालाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै उनले सिर्जना नहेरी, वास्तविकता नबुझी र सत्यतथ्य नकेलाई गरिने आरोप तथा टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्।

‘कुनै पनि सिर्जनामाथि आलोचना हुनु स्वाभाविक हो। आलोचनाले नै सुधारको बाटो देखाउँछ। तर सिर्जना नहेरी, वास्तविकता नबुझी र सत्यतथ्य नकेलाई गरिने आरोप तथा टिप्पणीले एउटा सम्पूर्ण टोलीको मेहनत मात्र होइन, जोकोहीको मनोबल र सिर्जनशीलतामाथि पनि चोट पुर्‍याउँछ,’ उनले लेखेका छन्।

असहमति राख्ने अधिकार सबैलाई भए पनि कसैको वर्षौँदेखिको सपना र महिनौँको मेहनतलाई क्षणभरको पूर्वाग्रहका आधारमा मूल्याङ्कन गर्नु न्यायोचित नहुने उनको तर्क छ।

चलचित्रको व्यापार कमजोर हुँदा मन दुखे पनि आफ्नो हिम्मत नटुटेको निरौलाले बताएका छन्। प्रतिकूल परिस्थितिले सिर्जनाप्रतिको विश्वास कमजोर नबनाएको उल्लेख गर्दै उनले यस्ता अनुभवले अझ परिपक्व र उत्कृष्ट सिर्जना गर्न प्रेरित गर्ने बताएका छन्।

‘आजका आरोप, आलोचना र निराशाभन्दा माथि उठेर भोलि आफ्नो काममार्फत जवाफ दिने साहस अझै जीवित छ,’ उनले लेखेका छन्।

उनले चलचित्र निर्माण तथा प्रदर्शनमा साथ दिने दर्शक, शुभचिन्तक, परिवार, साथीभाइ र सम्पूर्ण निर्माण टोलीप्रति आभारसमेत व्यक्त गरेका छन्।

‘सिर्जना रोकिन सक्छ, प्रदर्शन रोकिन सक्छ, एउटा यात्रा अवरुद्ध हुन सक्छ, तर साँचो सिर्जनशीलता र सपना कहिल्यै रोकिन्न। त्यसैले यो पूर्णविराम होइन, एउटा कठिन अल्पविराम मात्र हो। यात्रा अझै बाँकी छ, सपना अझै जीवित छन् र सङ्घर्ष गर्ने साहस अझै बाँकी छ,’ निरौलाले लेखेका छन्।

‘पाँच पाण्डव’ प्रदर्शनमा आउनुअघि नै विभिन्न विवादमा परेको थियो। चलचित्रको विषयवस्तुलाई लिएर धार्मिक अभियन्ताहरूले प्रश्न उठाएका थिए। उनीहरूबाट विभिन्न आरोपसमेत लागेपछि सामाजिक सञ्जालमा चलचित्र बहिष्कार गर्ने अभियान चलेको थियो।

प्रदर्शनपूर्वको विवादले चलचित्रप्रति दर्शकको धारणा र व्यावसायिक प्रदर्शनमा कस्तो प्रभाव पार्‍यो भन्ने स्पष्ट भइसकेको छैन। तर प्रदर्शनपछि अपेक्षित व्यापार गर्न नसक्दा निर्माण पक्षलाई निराश बनाएको निर्देशकको अभिव्यक्तिबाट देखिन्छ।

प्रकाशित: २७ कार्तिक २०८३ १८:०२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने - धर्मलाई ठेस पुग्ने केही रहेनछ

‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने - धर्मलाई ठेस पुग्ने केही रहेनछ

काठमाडौं । हिन्दु धर्मगुरुहरूले चलचित्र ‘पाँच पाण्डव’ हेरेका छन् । उनीहरूले सोमबार ‘पाँच पाण्डव’ हेरेका हुन् । चलचित्र हेरेपछि हिन्दु धर्मगुरुहरूले सामाजिक सञ्जालमा आएजस्तो सिनेमामा केही नरहेको बता...

#चलचित्र #पाण्डव
Compare →
Ekantipur
1w ago
फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले भने- ‘चलचित्रले संस्थागत रूपमा अनुमति पाइसकेपछि सहज रूपमा प्रदर्शन हुनुपर्छ र सर्जकको सिर्जनालाई सम्मान गर्दै उनीहरूको प्रदर्शन गर्ने अधिकारको संरक्षण गरिनुपर्छ ।’

#चलचित्र #पाण्डव
Compare →
Onlinekhabar
1d ago
बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

काठमाडौं । २०८३ वैशाखदेखि असोजसम्मको ६ महिनालाई फर्केर हेर्दा नेपाली चलचित्रको बक्स अफिसमा आशा र निराशाको मिश्रित दृश्य देखिन्छ । केही फिल्मले करोडौं रुपैयाँको व्यापार गर्दै निर्मातालाई राहत दिएका छन् भने अधिकांश फिल्मले लगानीअनुसारको प्रतिफल …

#चलचित्र #निर्माता #निराश
Compare →

Related Stories

Business & Economy
Build #2611