Trending
Prev Story
Next Story

धान खरिदको कोटा आधा घट्दा बाँकेका किसान अन्योलमा

Ekantipur •
November 05, 2026 • 07:32 AM
1
1 reads 0 reactions

समर्थन मूल्य बढे पनि सीमित सरकारी कोटा, ढिलो खरिद र भण्डारण अभावले किसान व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य छन्।

धान खरिदको कोटा आधा घट्दा बाँकेका किसान अन्योलमा

समर्थन मूल्य बढे पनि सीमित सरकारी कोटा, ढिलो खरिद र भण्डारण अभावले किसान व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य छन्।

नेपालगन्ज — सरकारले बाँकेमा यस वर्ष धान खरिदको कोटा गत वर्षको तुलनामा आधा घटाएपछि किसानको धान खरिद हुने वा नहुने भन्ने अन्योल बढेको छ। गत वर्ष २० हजार क्विन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष १० हजार क्विन्टल मध्यम धानको मात्रै कोटा पाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ निर्धारण गरेको छ। गत वर्ष मोटा धानको मूल्य ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यमको ३ हजार ६२८ रुपैयाँ ३३ पैसा थियो। मूल्य बढाए पनि खरिदको कोटा घटाइएकाले किसानले सरकारी समर्थन मूल्यको लाभ पाउनेमा अन्योल छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखा कार्यालयका प्रमुख रामशरण लामिछानेले केन्द्रबाट गत वर्षको तुलनामा आधा कोटा घटेर आएको बताए। ‘हरेक पालिकामा एक हजार क्विन्टलको कोटा बाँड्दा पनि अवस्था सहज छैन। एउटै पालिकामा पाँच हजार क्विन्टल धान हुन्छ। एक हजार क्विन्टल धान बेच्न ल्याउँदा किसानलाई ढुवानी भाडामै धानको मूल्य बराबर खर्च लाग्छ,’ उनले भने, ‘नेपाल सरकारले तोकेको मूल्य सबैका लागि हो। सरकारले तोकेको समर्थन मूल्यमा व्यापारीले धान खरिद नगर्दा किसानलाई समस्या भएको छ। यसमा नियमन गर्ने निकाय को हो, हामी पनि अन्योलमा छौं।’

गत वर्ष कम्पनीले १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम गरी कुल २० हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको थियो। यस वर्ष भने १० हजार क्विन्टल मध्यम धानको मात्रै कोटा निर्धारण भएको छ। ‘अहिले कोटा न्यून छ। कसरी किन्ने, कहाँ–कहाँका किसानको धान किन्ने भन्ने विषयमा थप निर्णय लिनुपर्ने अवस्था आएको छ,’ लामिछानेले भने।

उनका अनुसार सीमित कोटाबाट जिल्लाभरका किसानको धान खरिद गर्न कठिन छ। सबै किसानलाई दामासाहीका आधारमा कोटा छुट्याउँदा ढुवानी खर्चसमेत नउठ्ने अवस्था आउन सक्ने भएकाले कम्पनीले कोटा बढाउन केन्द्रमा पत्राचार गरेको छ।

बाँकेका व्यापारीले सरकारी समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ५०० देखि एक हजार रुपैयाँसम्म कममा धान खरिद गरिरहेका छन्। पर्याप्त भण्डारण सुविधा नहुनु, चाडपर्वको खर्च जुटाउनुपर्ने बाध्यता र सरकारी खरिदको अनिश्चितताका कारण किसान सस्तो मूल्यमा धान बेच्न बाध्य छन्। जानकी गाउँपालिका–२ का किसान सरोज वर्माले यस वर्ष धान उत्पादन राम्रो भए पनि उचित मूल्य पाउन नसकेको बताए। ‘यस वर्ष धान राम्रै फलेको छ। खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन,’ उनले भने, ‘चाडपर्वको खर्च जुटाउन गाह्रो भएकाले पनि यतिबेला किसानले व्यापारीलाई सस्तैमा धान बेच्नुपरेको छ।’

सरकारी कम्पनीले समर्थन मूल्यमा धान खरिद गर्ने घोषणा गरे पनि ढिलो खरिद सुरु गर्ने र प्रक्रिया झन्झटिलो हुने भएकाले किसान व्यापारीलाई धान बेच्न बाध्य हुने गरेको उनको भनाइ छ।

खजुरा गाउँपालिका–२ का किसान गेहेन्द्र धितालले पनि सरकारले समर्थन मूल्य तोकेर मात्रै किसानको समस्या समाधान नहुने बताए। समयमै खरिद सुरु नगर्दा व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको र किसानले वर्षभरिको मेहनतको उचित मूल्य पाउन नसकेको उनले बताए। ‘समयमै धान खरिद गर्न कम्पनीको कुनै तयारी नै छैन। बजारमा व्यापारीले सस्तोमा धान खरिद गरिरहेका छन्,’ धितालले भने, ‘वर्षभरिको मिहिनेतलाई किसानले घाटा खाएर बेच्न बाध्य भएका छौं।’

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ। यस वर्ष ३३ हजार ५०३ हेक्टरमा रोपाइँ भएको छ। गत वर्ष जिल्लामा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख ९ मिनेट अघि काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खरिद अनियमिततामा सतर्कता ...

#खरिद
Compare →
Bizshala
9h ago
पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार...

#खरिद
Compare →
Nagarik News
10h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2611