Trending
Prev Story
Next Story

मंसिर २ देखि सिटिजन्स सुपर ५० खुल्दै, १ अर्बको योजना चल्न आधा इकाई बिक्नैपर्ने

Bizshala •
November 10, 2026 • 02:33 PM
1
1 reads 0 reactions

काठमाण्डौ । सिटिजन्स क्यापिटलले मंसिर २ गतेदेखि १ अर्ब रुपैयाँको ‘सिटिजन्स सुपर ५०’ म्युचुअल फण्डको इकाई बिक्री खुला...

मंसिर २ देखि सिटिजन्स सुपर ५० खुल्दै, १ अर्बको योजना चल्न आधा इकाई बिक्नैपर्ने

काठमाण्डौ । सिटिजन्स क्यापिटलले मंसिर २ गतेदेखि १ अर्ब रुपैयाँको ‘सिटिजन्स सुपर ५०’ म्युचुअल फण्डको इकाई बिक्री खुला गर्ने भएको छ। प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्कासन गर्न लागिएको यो योजना सञ्चालनमा आउन कम्तीमा ५ करोड इकाई बिक्री हुनुपर्नेछ।

कुल निष्कासनमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाई खुला हुनेछ। न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्ने भएकाले लगानीकर्ताले १ हजार रुपैयाँबाट आवेदन दिन सक्नेछन्। एक आवेदकले बढीमा १ करोड इकाई माग गर्न सक्नेछ।

योजना सञ्चालनका लागि कुल निष्कासनको कम्तीमा ५० प्रतिशत अर्थात् ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री हुनुपर्छ। ५ करोड इकाईभन्दा कम बिक्री भए योजना खारेज हुनेछ। त्यस्तो अवस्थामा १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने सिटिजन्स क्यापिटलले जनाएको छ।

आवेदन दिने अवधि छिटोमा मंसिर ७ गते सकिनेछ। त्यसबेलासम्म सबै इकाईका लागि आवेदन नपरे मंसिर १६ गतेसम्म बिक्री खुला रहनेछ।

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजनाको अवधि १० वर्ष छ। बन्दमुखी योजनाका इकाई दोस्रो बजारमा सूचीकृत भएपछि अवधि सकिनुअघि बाहिरिन चाहने लगानीकर्ताले त्यहीँ बेच्न सक्छन्। दोस्रो बजारमा किनबेच हुने मूल्य प्रतिइकाई १० रुपैयाँको निष्कासन मूल्यभन्दा माथि वा तल हुन सक्छ।

योजनाको निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
11h ago
नबिल ग्रोथ फन्डका इकाइहरुमा मंसिर ९ गतेबाट आवेदन खुल्दै

नबिल ग्रोथ फन्डका इकाइहरुमा मंसिर ९ गतेबाट आवेदन खुल्दै

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नबिल ग्रोथ फन्डका इकाइहरु मंसिर ९ गतेबाट बिक्रीमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले...

#बिक्री #मंसिर #खुल्दै
Compare →
Hamro Patro News
5h ago
मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

२७ कार्तिक, पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्र...

#मंसिर
Compare →
Onlinekhabar
5h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

#मंसिर
Compare →

Related Stories

Business & Economy
Build #2611