Trending
Prev Story
Next Story

क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

Ekantipur •
November 14, 2026 • 05:32 AM
3
3 reads 0 reactions

क्यानको मान्यता प्राप्त जिल्लाभन्दा बाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगिताले प्रदेशमा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको संकेत गरेको छ ।

क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता प्राप्त जिल्लाभन्दा बाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगिताले प्रदेशमा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको संकेत गरेको छ ।

सुनसरी — कोसी प्रदेशका पाँच जिल्लाका क्रिकेट संघले मात्रै नेपाल क्रिकेट संघ (क्यान)बाट मान्यता पाए पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित प्रदेशस्तरीय छनोटमा नौ जिल्लाले सहभागिता जनाएका छन् । क्यानको मान्यता प्राप्त जिल्लाभन्दा बाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगिताले प्रदेशमा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको संकेत गरेको छ ।

कोसी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरका क्रिकेट संघले मात्रै क्यानबाट मान्यता पाएका छन् । तर, प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको दशौं राष्ट्रिय खेलकुदका लागि पुरुष क्रिकेट छनोट प्रतियोगितामा भने प्रदेशका नौ जिल्लाका टोली सहभागी भएका छन् । प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा पहिलोपटक यति धेरै जिल्लाको सहभागिता भएको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिए ।

विराटनगरस्थित मेरिलिबोन क्रिकेट मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा मोरङ, झापा, सुनसरी, इलाम, उदयपुरसहित धनकुटा, पाँचथर, खोटाङ र ताप्लेजुङका टोली सहभागी छन् । मंसिर १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुदमा कोसी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिनेछ ।

क्यानबाट मान्यता पाएका पाँच जिल्लामा मात्रै सीमित नभई अन्य जिल्लाका खेलाडीलाई समेत प्रदेशस्तरीय छनोटमा अवसर दिइनुले यसपटकको प्रतियोगितालाई थप फराकिलो बनाएको सदस्यसचिव घोषले जानकारी दिए । नौ जिल्लाको सहभागिताले राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटसँगै प्रदेशका विभिन्न जिल्लामा क्रिकेट खेलिरहेका खेलाडीको क्षमता पहिचान गर्ने अवसरसमेत सिर्जना गरेको उनको भनाइ छ ।

अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

२७ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ। पहिलोपटक प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगिता शुक्...

#क्रिकेट #छनोट #सहभागी
Compare →
Nagarik News
5h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#क्रिकेट
Compare →
Arthasansar
23h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →
Onlinekhabar
23h ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#छनोट
Compare →

Related Stories

Sports
Build #2612