२७ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ। पहिलोपटक प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगिता शुक्रबारदेखि विराटनगरस्थित मेर्लीबन क्रिकेट मैदानमा सुरु भएको हो।
कार्तिक २७ देखि मंसिर १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन दुई खेल भएका छन्। पहिलो खेलमा मोरङले धनकुटालाई ९ विकेटले पराजित गरेको छ।
Read full story at source ( onlinekhabar.com )