यस जितसँगै विराटनगरले प्लेअफमा पुग्ने आशालाई कायमै राखेको छ । विराटनगरको ६ खेलमा ३ जित र ३ हारसँगै ६ अंकका साथ चौथो स्थानमा उक्लेको छ । ८ टोली बीच राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ ।
काठमाडौँ — सन्दीप लामिछानेले युवराज समराको उत्कृष्ट इनिङलाई छायामा पार्दै हृयाट्रिकसहित कीर्तिमानी बलिङ गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ ।
सामराले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अर्को उत्कृष्ट इनिङ्स खेल्नेक्रममा ४७ बलमा ८४ रन बनाए । तर कप्तान सन्दीपले हृयाटिकसहित ६ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको पोखरा १७.५ ओभरमा १ सय ३२ रनमा अलआउट भएको थियो । सानो स्कोर पछ्याउनेक्रममा पनि संघर्षरत देखिएको विराटनगरले अन्तिम ओभरमा विजय हात पारेको थियो । टोलीले १९.२ ओभरमा १ सय ३६ रन बनाएको थियो ।
यस जितसँगै विराटनगरले प्लेअफमा पुग्ने आशालाई कायमै राखेको छ । विराटनगरको ६ खेलमा ३ जित र ३ हारसँगै ६ अंकका साथ चौथो स्थानमा उक्लेको छ । ८ टोली बीच राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ । ६ खेलमा पाँचौं पराजयपछि पोखरा औपचारिक रुपमै प्लेअफ दौडबाट बाहिरिएको छ ।
कर्णाली याक्सविरुद्धको अघिल्लो खेलमा ४५ बलमा शतक बनाएका सामराले आफ्नो इनिङ्समा ७ चौका र ५ छक्का प्रहार गरे । सामरालाई सन्दीपले १५ औं ओभरमा आउट गरेपछि पोखराले अन्तिम ५ विकेट १० रनका लागि गुमाएको थियो ।
१५ औं ओभरमा सामराले पहिलो दुई बलमा सन्दीपलाई छक्का र चौका प्रहार गरेका थिए । सन्दीपले त्यसपछि सामरालाई प्वाइन्टमा इसुरु उडानको हातबाट क्याच गराए । अर्को लगातार दुई बलमा सन्दीपले पोखराका कप्तान चामिका करुणारत्ने र किरण ठगुन्नालाई एलबीडब्लु आउट गर्दै हृयाट्रिक विकेट लिएका थिए । एनपीएल ३ मा यो पहिलो हृयाट्रिक विकेट हो ।
एनपीएलको इतिहासमा यसअघि काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका रोहित पौडेलले पनि लगातार तीन बलमा विकेट लिएका थिए । पछिल्लो ५ खेलमा १ विकेटमात्र लिनका सकेका सन्दीप एनपीएल ३ को एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडी पनि बने । उनले सबै ६ विकेट ३ ओभर भित्र लिएका थिए । सन्दीपले कुल ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका हुन् ।
एनपीएल इतिहासको यो दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । गत वर्ष काठमान्डु गोर्खाजका शाहव आलमले पोखराविरुद्ध नै ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिएका थिए, जुन एनपीएल इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन पनि हो । एनपीएल इतिहासमा ३ पटक एकै खेलमा ६ विकेट सम्भव भएको छ । २०२४ को पहिलो सिजनमा कर्णाली याक्सका विलियम बोसिस्टोले पोखराविरुद्ध २८ रन खर्चेर ६ विकेट लिएका थिए ।
सामराबाहेक पोखराबाट सन्नी विकले १२ र धनन्जय लक्षणले १५ बलमा समान १ चौका र छक्का प्रहार गरि २२ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर पनि बनाउन सकेनन् । अर्जुन कुमाल १, कुशल भुर्तेल शुन्य, अर्जुन घर्ती ५, रमेश मेन्डिससहित करुणारत्ने र किरण खाता नखोली आउट भएका थिए । विपिन खत्री ५ रनमा आउट भए । सन्दीपबाहेक विराटनगरबाट एन्जेलो म्याथ्यु, चारिथ असलंका र रुपेश सिंहले १–१ विकेट लिए ।
विराटनगरबाट ओपनर इमरान शेख १० रनमै आउट भए । अर्का ओपनर लोकेश बमले पोखराको खुकुलो फिल्डिङको फाइदा उठाउदै ३३ रन बनाए । तीन पटक जिवनदान पाएका लोकेशले २७ बल खेली समान २ चौका र छक्का प्रहार गरे ।
असलंकाले खाता खोल्न सकेनन् । म्याथ्युजले पनि ८ रनमात्र बनाउन सके । माथिल्लोक्रममा पठाइएका प्रतिश जिसी पनि शुन्यमा आउट भए । बसिर अहमदले सर्वाधिक ३७ रन बनाए । उनले ३९ बल खेली समान २ चौका र छक्का प्रहार गरे । सेहन जयसुर्या १४ बल खेली २ चौकासहित अविजित १७ रन बनाए ।
इशुरु उडानाले अविजित २५ रन बनाए । उनले नै लक्षणको बलमा विजयी चौका प्रहार गरेका थिए । उडानाले कुल १२ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । पोखराबाट कुशलले ४ ओभरमा १ मेडन राखि २१ र मेन्डिसले ४ ओभरमा २९ रन खर्चेर २–२ तथा विपिन खत्री र लक्षणले १–१ विकेट लिए ।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग क्रिकेटमा हृयाट्रिक विकेट लिएका छन् । एनपीएल ३ मा पहिलो पटक कुनै खेलाडीले लगातार तीन विकेट लिएका हुन् । एनपीएलको इतिहासमा यसअघि विराटनगरकै प्रतिश जिसी, काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका रोहित पौडेलले पनि लगातार तीन बलमा विकेट लिएका थिए ।
१५ औं ओभरमा सामराले पहिलो दुई बलमा सन्दीपलाई छक्का र चौका प्रहार गरेका थिए । सन्दीपले त्यसपछि सामरालाई प्वाइन्टमा इसुरु उडानको हातबाट क्याच गराए । अर्को लगातार दुई बलमा सन्दीपले पोखराका कप्तान चामिका करुणारत्ने र किरण ठगुन्नालाई एलबीडब्लु आउट गरेका थिए ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।