Trending
Prev Story
Next Story

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

Nagarik News •
November 14, 2026 • 01:14 AM
2
2 reads 0 reactions

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेटमा जितका लागि ठुलो योगफल बनाउनुपर्छ भन्ने मान्यता छ। प्रायः समर्थक पनि मैदानमा ठुलो सट र रनको वर्षा अपेक्षा गर्छन्। रन वर्षाले उनीहरूलाई उत्साहित बनाउने गर्छ तर क्रिकेटको सहर सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्ना समर्थकलाई फरक तवरले खुसी दिँदै आएको छ।

एनपिएलको यस सिजनमा सुदूरपश्चिमले साना लक्ष्य पनि रक्षा गर्दै चुनौती दिइरहेको छ। लिगको आफ्नो अन्तिम तथा सातौं खेलमा सुदूरपश्चिमले शुक्रबार काठमान्डु गोर्खाजमाथि ७ रनको जित निकाल्दै प्लेअफमा स्थान बनायो।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले १२६ रनको सामान्य लक्ष्य दिएको थियो तर बलिङमा उत्कृष्ट लयपछि सुदूरपश्चिमले यो लक्ष्य जोगायो। पूरै ओभरमा सात विकेट गुमाउँदै काठमान्डुले ११८ रन मात्र जोड्न सक्यो। यससहित पछिल्ला खेलमा सुदूरपश्चिमले ब्याटिङबाट ठूलो स्कोर बनाउन सकेको छैन। तथापि बलिङ र फिल्डिङमा उत्कृष्टताले सुदूरपश्चिम बलियो टोलीको रूपमा उभिएको छ।

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ। यसै पनि सुदूरपश्चिमले एनपिएलकै सबैभन्दा उत्कृष्ट फिल्डिङ गर्ने टोलीको परिचय बनाएको छ। सानो योगफल, कसिलो बलिङ र चुस्त फिल्डिङ सुदूरपश्चिमको पछिल्ला दुई जितको रोमाञ्चक पक्ष हुन्। पछिल्ला दुई खेलमा दिएको लक्ष्य हेर्दा उसको ब्याटिङ प्रभावशाली देखिँदैन तर बलिङ र फिल्डिङमा सामूहिक प्रदर्शनले सुदूरपश्चिमले कुनै पनि क्षेत्रबाट आफूलाई उत्कृष्ट साबित गरेको छ।

पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र बलियो काठमान्डुलाई हराउँदा सुदूरपश्चिमले आफ्नो यही विशेषता प्रमाणित गर्‍यो। जनकपुरसँग १२० रनको लक्ष्य रक्षा गरेको सुदूरपश्चिमले दुवै विपक्षीलाई जितनजिक पुगेर पनि लक्ष्यबाट रोक्यो।

यी खेलमा ब्याटिङको कमजोरीलाई सुदूरपश्चिमले बलिङ र फिल्डिङको उत्कृष्ट प्रदर्शनबाट ढाक्यो। त्यसैले यो टोलीलाई एनपिएलकै उत्कृष्ट बलिङ र फिल्डिङ गर्ने टोलीका रूपमा हेरिएको छ। काठमान्डसँग सुदूरपश्चिमको बलिङ क्षमता झनै स्पष्ट देखियो। काठमान्डुलाई अन्तिम दुई ओभरमा जितका लागि २२ रन आवश्यक थियो।

काठमान्डुको पक्षमा जान सक्ने सम्भावना रहे पनि सुदूरका बलरले दबाबमा उत्कृष्ट प्रदर्शन गरे। १९औं ओभरमा कुग्गेलिनले ६ रन मात्र दिएपछि काठमान्डु दबाबमा पर्‍यो। अन्तिम ओभरमा युवा बलर हेमन्त धामीले ८ रन खर्चिएपछि सुदूरपश्चिमले रोमाञ्चक जित रच्यो।

पहिलो बलमै नो बल गरे पनि हेमन्त संयमित भए। सुदूरपश्चिमको बलिङ आक्रमणको सबैभन्दा बलियो पक्ष अनुभवी विदेशी र नेपाली युवा खेलाडी बीचको सन्तुलन हो।

कुग्गेलिनले आफ्नो अनुभव र क्षमताबाट विपक्षी ब्याटरलाई निरन्तर दबाबमा राख्छन्। उनी एनपिएलकै सर्वाधिक विकेट लिने बलर हुन्। नयाँ बलदेखि डेथ ओभरसम्म प्रभाव पार्न सक्ने उनको क्षमता टोलीको महत्त्वपूर्ण हतियारमध्ये एक हो। विपक्षी ब्याटरलाई सहज रूपमा रन बनाउन नदिने र महत्त्वपूर्ण समयमा विकेट निकाल्ने उनको क्षमताले टोलीको बलिङलाई धारिलो बनाएको छ। कुग्गेलिनसँगै मध्यम गतिका बलर हेमन्त र स्पिनर अनिल खरेलले पनि यस सिजन आफ्नो छुट्टै प्रभाव छाडिरहेका छन्।

हेमन्त र अनिलले देखाएको आत्मविश्वास र बलिङको परिपक्वता प्रशंसनीय छ। दबाबपूर्ण अवस्थामा जिम्मेवारी सम्हाल्न सक्ने हेमन्तको क्षमताले सुदूरपश्चिमको बलिङ थप बलियो भएको छ। नेपाली क्रिकेटमा उदाउँदो तीव्र गतिका बलरका रूपमा हेमन्तले परिचय बनाउँदै छन्।

कुग्गेलिनबाट सिक्ने अवसर पाएका हेमन्त डेथ ओभरमा नेपालका अनुभवी बलर करण केसी र सोमपाल कामीको विकल्प बन्न सक्छन्। काठमान्डुविरुद्ध जितपछि हेमन्तले सामान्य लक्ष्य भए पनि आफ्नो टोलीमा रक्षा गर्न सक्ने आत्मविश्वास रहेको बताएका थिए। बलिङ युनिट बलियो भएकाले ठूलो लक्ष्यको दबाब आफूहरूलाई नहुने उनको भनाइ थियो।

सुदूरपश्चिमको सफलताको कथा बलिङमा मात्र सीमित छैन। कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन उसको पछिल्ला सफलता आधार हुन्। उनले फिल्डिङ दिने जोसले टोलीलाई नै उर्जा दिने गरेको छ। त्यसैले टोलीको फिल्डिङ पनि उत्तिकै प्रभावशाली छ। विपक्षीलाई दबाबमा राख्ने, रन रोक्ने र ब्याटरलाई सहज रूपमा रन बटुल्न नदिने सुदूरपश्चिम यसपल्ट दाबेदारका रूपमा उभिएको छ।

ब्याटिङमा भने उसले सुधार गर्नुपर्ने देखिन्छ। काठमान्डुविरुद्ध टस हारेर ब्याटिङ गरेको टोलीले सुरुमै चार विकेट गुमाएको थियो। कप्तान दीपेन्द्रले ५४ बलमा ६० रन बनाएपछि मात्र टोलीले सम्मानजनक योगफल तयार पार्न सक्यो। दीपेन्द्र र आरिफ शेखबीचको महत्त्वपूर्ण साझेदारीले इनिङ सम्हालेको थियो।

शीर्ष क्रमका ब्याटर चल्न नसक्दा टोली राम्रो योगफल बनाउन असफल भयो। यस्तो कमजोरी नकआउट चरणमा महँगो पर्न सक्छ। सात खेलबाट १० अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा उक्लियो।

पहिलो दुई संस्करणको उपविजेता सुदूरपश्चिमले यसपल्ट पहिलो क्वालिफायरको दाबेदारी पनि दिएको छ। अघिल्ला दुई संस्करणमा उपाधिनजिक पुगेर पनि सफल हुन नसकेको टोलीले यसपटक आफ्नो खेल्ने शैलीमा थप परिपक्वता देखाएको छ। टोलीको सबैभन्दा सकारात्मक पक्ष भनेकै एक खेलाडीमा निर्भर नहुनु हो। ब्याटिङमा सुधार गर्न सके सुदूरपश्चिमलाई रोक्न विपक्षीका लागि अझ कठिन हुनेछ।

एनपिएलमा उपाधि जित्न ब्याटिङ मात्र पर्याप्त हुँदैन। दबाबमा खेल नियन्त्रण र कठिन परिस्थितिमा नतिजा आफ्नो पक्षमा पार्ने क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। दुई पटक फाइनल पुगेर उपविजेतामा सीमित सुदूरपश्चिम यसपटक त्यो इतिहास बदल्ने अभियानमा छ। ब्याटिङमा सुधार गर्दै बलिङ र फिल्डिङमा लय कायम राख्न सके तेस्रो प्रयासमा सुदूरपश्चिमले एनपिएलको उपाधि उचाल्नेछ। यसपल्ट सुदूरपश्चिम फाइनलमा पुग्न मात्र चाहदैन अधुरो सपना पूरा गर्ने लक्ष्यमा हुनेछ।

प्रकाशित: २८ कार्तिक २०८३ ०६:५९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
20h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#सुदूरपश्चिम #क्रिकेट
Compare →
Hamro Patro News
17h ago
काठमान्डु गोर्खाजलाई हराउँदै प्ले–अफ चरणमा पुग्यो सुदूरपश्चिम रोयल्स

काठमान्डु गोर्खाजलाई हराउँदै प्ले–अफ चरणमा पुग्यो सुदूरपश्चिम रोयल्स

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार सम्पन्न रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई सात रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पह...

#सुदूरपश्चिम #क्रिकेट
Compare →
Ekantipur
21h ago
काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

पहिलो खेल साढे १२ बजेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

#सुदूरपश्चिम #क्रिकेट
Compare →
Onlinekhabar
1d ago
एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् …

#सुदूरपश्चिम #क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612