Trending
Prev Story
Next Story

काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

Ekantipur •
November 13, 2026 • 06:31 AM
1
1 reads 0 reactions

पहिलो खेल साढे १२ बजेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

पहिलो खेल साढे १२ बजेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेल सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेपछि सुदूरपश्चिम रोयल्सलाई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ब्याटिङका लागि बोलाएका हुन् ।

सुदूरपश्चिमबाट वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेनले ‘डेब्यु’ गर्दैछन् । उनलाई टिम हडल्समा क्याप प्रदान गरिएको थियो । सुदूरपश्चिम रोयल्सले अघिल्लो खेल खेलेको टोलीबाट अविनाश बोहरा र सैफ जैबको स्थानमा दीपक बोहरा र ऐलेनलाई खेलाएको हो ।

डेबिड वार्नर गएपछि काठमान्डु गोर्खाजले पहिलो पटक खेलिरहेको छ । वार्नरले एनपीएलमा चार खेल खेल्दा गोर्खाजले सबै चार खेल जितेको थियो । काठमान्डु गोर्खाजबाट दुशान हेमान्थालाई पहिलो पटक खेलाइरहेका छन् । उनलाई वार्नरको स्थानमा ल्याइएको छ । त्यस्तै विलियम बोसिस्टोको स्थानमा साम हिज्लेट खेलिरहेका छन् ।

काठमान्डुले यस खेल जित्यो भने शीर्ष दुई स्थानमा रहदैं क्वालिफायरमा पुग्ने छ । सुदूरपश्चिमले पनि यस खेल जितेमा क्वालिफायरमा पुग्ने सम्भावना रहन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

Live काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै पहिलो खेल साढे १२ बजेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । कार्तिक २७, २०८३ ...

#काठमान्डु #गोर्खाज #सुदूरपश्चिमबीच
Compare →
Arthasansar
10h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#सुदूरपश्चिम #काठमान्डु #क्रिकेट
Compare →
Onlinekhabar
15h ago
एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् …

#सुदूरपश्चिम #काठमान्डु #क्रिकेट
Compare →
Nagarik News
6h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#सुदूरपश्चिम #गोर्खाज
Compare →

Related Stories

Sports
Build #2611