दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन तीन साताभन्दा कम समय बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन तीन साताभन्दा कम समय बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ।
परिषद्ले कात्तिक २० गते जारी गरेको सूचनाअनुसार छनोट हुन बाँकी खेलका प्रतियोगिता कात्तिक २७ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुनेछन्। यसअघि सम्बन्धित खेल संघ तथा महासंघबाट खेलाडी छनोट भइसकेका खेलको बन्द प्रशिक्षण पनि सञ्चालन गरिने परिषद्ले जनाएको छ।
छनोट तालिकाअनुसार बास्केटबल महिला तथा पुरुष, शारीरिक सुगठन र पौडीको छनोट कात्तिक २७ गते हुनेछ। जुडोको २८ गते, सेपाकताक्रो र सुटिङको २९ गते तथा जिम्न्यास्टिक र ईस्पोर्ट्सको ३० गते छनोट गरिनेछ। साइक्लिङको मंसिर १ गते तथा स्क्वास, आर्चरी, भारोत्तोलन र कुस्तीको मंसिर ४ गते छनोट मिति तोकिएको छ। खोखो महिला तथा पुरुष कात्तिक १ गते राखिएको छ ।
छनोट प्रतियोगिता सुर्खेतको मुख्य रंगशाला, स्क्वास हल, राजदल सैनिक खेलमैदान, काँक्रेविहार, होटल सिद्धार्थ र नगरपालिकाको खुला मैदानलगायत स्थानमा सञ्चालन कर्णालि खेलकुद परिषदका सदस्य सचिव रविन चन्दले बताए ।
। सुटिङको छनोट नेपालगन्जमा हुनेछ। परिषद्ले सार्वजनिक गरेको बन्द प्रशिक्षण तालिकामा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल र स्क्वासलगायत खेल समेटिएका छन्।
त्यस्तै बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई स्पोर्ट्स, सेपाकताक्रो, जुडो, शारीरिक सुगठन, बुद्धिचाल, पौडी, सुटिङ, कुस्ती, खोखो र आईटीएफ तेक्वान्दोका खेलाडी पनि बन्द प्रशिक्षणमा रहनेछन्। बन्द प्रशिक्षणका लागि मुख्य रंगशाला, चिसापानी खेलमैदान, सुर्खेतका क्रिकेट मैदान, जिल्ला खेलकुद विकास समितिका खेलमैदान, रंगशालास्थित कभर्डहल, ब्याडमिन्टन कभर्डहल र मिनी कभर्डहल तोकिएका छन्।
त्यस्तै रग्बी मैदान, काँक्रेविहार, होटल सिद्धार्थ, रंगशाला परिसर, पौडी पोखरी, नेपालगन्ज, सल्यानको श्रीनगरस्थित कभर्डहल र दैलेखमा पनि प्रशिक्षण सञ्चालन गरिने तालिकामा उल्लेख छ। कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ। परिषद्का सदस्यसचिव रविन्द्र चन्दले सम्बन्धित खेल संघ तथा महासंघलाई छनोट र बन्द प्रशिक्षणका कार्यक्रम तालिकाअनुसार सञ्चालन गर्न निर्देशन दिएका छन्।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।