Trending
Prev Story
Next Story

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ मंसिर, नयाँ दिल्ली । नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु भएको छ । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र …

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

७ मंसिर, नयाँ दिल्ली । नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु भएको छ ।

नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका छन् ।

भर्चुअल माध्यमबाट उद्घाटन गरे लगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँड्ने  छ । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेलको बिदाइ गर्नेछ ।

यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक शहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् ।

भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो ।

करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ।

भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एकपटक दुईतर्फी रूपमा चल्नेछ । रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटेर जनकपुरधाम आउनेछ।

६०४ किलोमिटर लामो यस रुटमा रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा रोकिनेछ। यो रेलको सुरक्षा कसले कसरी गर्ने भन्नेमा नेपाल र भारतबीच लामो समय छलफल चलेको थियो । भारतीय रेल नेपाली भूमिमा चल्दा त्यसको सुरक्षा कसले गर्ने भन्ने प्रश्न थियो । नेपालले नेपाली भूमिमा आफ्नै सुरक्षाकर्मी हुने भनेको थियो । भारतले भारतीय रेल भएकाले रेल जहाँसम्म जान्छ त्यहाँसम्म आफ्नै सुरक्षाकर्मी हुने बताएको थियो ।

धार्मिक पर्यटनलाई जोड्ने छ रेलमार्गले

माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई सिधा रेलमार्गले जोडेर रामायण सर्किट पर्यटनलाई प्रवर्द्धन गर्न दुवै देशले यो रेल सेवा सञ्चालन थालेका हुन् । यो सेवा सुरु भएपछि नेपालका अरू शहरहरूमा जनकपुरबाट हवाई सेवा सुरु गर्ने योजना छ ।

जनकपुरबाट पोखरा हवाई सेवा सुरु गरी जनकपुर आएका पर्यटकलाई अन्य स्थानसम्म पुर्‍याउने नेपालको योजना छ ।

रेल सेवा सञ्चालनले त्यस क्षेत्रका नागरिकलाई सुविधा त थपिने नै छ यसले दुई देशबीच शताब्दीयौँदेखि कायम धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई भौतिक रूपमा जोड्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

हिन्दू धार्मिक मान्यताअनुसार जनकपुरधाम माता सीताको जन्मभूमि र अयोध्या भगवान् श्रीरामको जन्मभूमि हो। त्रेतायुगमा जनकपुरका राजा जनककी पुत्री सीता र अयोध्याका राजकुमार रामबीच भएको विवाहले यी दुई धार्मिक नगरीलाई रामायणको साझा सांस्कृतिक परम्परासँग जोडेको छ।

जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप तथा अयोध्यास्थित राम मन्दिरलगायतका धार्मिक स्थलले नेपाल र भारतबीचको साझा धार्मिक आस्था र सांस्कृतिक विरासतलाई प्रतिनिधित्व गर्दै आएका छन्।

विशेषगरी विवाहपञ्चमी महोत्सवका अवसरमा अयोध्याबाट आउने जन्ती र जनकपुरधामबाट जाने भारसहितको धार्मिक परम्पराले यी दुई सहरबीचको ऐतिहासिक सम्बन्ध छ ।

प्रत्येक वर्ष विवाहपञ्चमीमा अयोध्याबाट जनकपुरधाम आउने साधु, सन्त तथा श्रद्धालुहरूको सहभागिताले पनि दुई धार्मिक नगरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने गरेको छ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
40m ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

#बालेन-शाह #रेल #भारत
Compare →
Ekantipur
18m ago
गुड्यो अयोध्या–जनकपुर रेल

गुड्यो अयोध्या–जनकपुर रेल

रामायण सर्किटअन्तर्गत सुरु भएको रेलले तीर्थयात्रीलाई सहजता दिने र मिथिला चित्रकलालाई नेपाल–भारतमा नयाँ बजार उपलब्ध गराउने अपेक्षा गरिएको छ।

#रेल #भारत #अयोध्या
Compare →
Hamro Patro News
7h ago
मोदीसँग द्विपक्षीय वार्ता र सम्झौता गर्दै प्रधानमन्त्री बालेन, आजै स्वदेश फर्किने

मोदीसँग द्विपक्षीय वार्ता र सम्झौता गर्दै प्रधानमन्त्री बालेन, आजै स्वदेश फर्किने

काठमाडौं ।भारतको दुईदिने राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय छलफल, परियोजना उदघाटन तथा सम्झौता आदानप्रदानका कार्यक्रममा व्...

#बालेन-शाह #भारत #बालेन
Compare →
Bizshala
1h ago
बालेन–मोदी वार्तापछि महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुँदै, दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्ने

बालेन–मोदी वार्तापछि महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुँदै, दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्ने

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको उच्चस्तरीय भेटवार्तापछि नेपाल र...

#बालेन-शाह #बालेन #मोदी
Compare →
Arthasansar
1h ago
प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार

प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् । आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक...

#बालेन-शाह #बालेन #मोदी
Compare →

Related Stories

Technology
Build #2612