Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

Nagarik News •
November 23, 2026 • 08:11 AM
1
1 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले आज भर्चुअल माध्यमबाट झण्डा फहराएर रेल सेवाको उद्घाटन गरेका हुन्।

अयोध्याबाट जनकपुरधामसम्मको करिब ६०४ किलोमिटर दूरी रेलमार्फत करिब १९ घण्टामा पूरा हुनेछ। उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै सञ्चालन हुने यो रेल सेवाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै दुई देशबीचको सीमापार आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।

‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ नाम दिइएको रेल भारतको बिहारस्थित जयनगर रेल्वे स्टेसन हुँदै नेपाल प्रवेश गर्नेछ। रेलले जनकपुरधाम, जयनगर, मधुबनी, सिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर, अयोध्या धाम र अयोध्या क्यान्ट स्टेसनमा यात्रु चढाउने तथा ओराल्नेछ।

रेल सेवा सातामा एक दिन दुवैतर्फ सञ्चालन हुनेछ। जनकपुरधामबाट अयोध्या क्यान्टसम्म जाने रेलको नम्बर १५५९५ र अयोध्या क्यान्टबाट जनकपुरधाम आउने रेलको नम्बर १५५९६ निर्धारण गरिएको छ।

जनकपुरधामबाट अयोध्या जाने रेल शनिबार दिउँसो १ः१० बजे प्रस्थान गरी आइतबार बिहान अयोध्या क्यान्ट पुग्ने तालिका छ। त्यस्तै, अयोध्या क्यान्टबाट सोमबार साँझ ५ः५० बजे प्रस्थान गर्ने रेल मंगलबार दिउँसो १२ः४० बजे जनकपुरधाम पुग्नेछ। नेपालका रेल स्टेसनमा तोकिएका समय भारतीय समयभन्दा १५ मिनेट अगाडि हुने भएकाले यात्रुले स्थानीय समयअनुसार तालिका हेर्नुपर्नेछ।

अयोध्या भगवान् रामको जन्मस्थल र जनकपुरधाम माता सीताको जन्मस्थलका रूपमा धार्मिक महत्त्व बोकेका स्थान हुन्। रामायण परम्पराअनुसार यी दुई स्थानबीच वैवाहिक सम्बन्ध जोडिएको मानिन्छ। नयाँ रेल सेवाबाट धार्मिक पर्यटक, आफन्त भेटघाटका लागि यात्रा गर्ने व्यक्ति, विद्यार्थी र व्यवसायी लाभान्वित हुनुका साथै पर्यटन व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसअघि भारतबाट रेलमार्फत जनकपुरधाम जाने यात्रुले बिहारको जयनगर पुगेर सीमासम्बन्धी प्रक्रिया पूरा गरेपछि नेपालतर्फको रेल परिवर्तन गर्नुपर्ने व्यवस्था थियो। नयाँ सेवाबाट आवश्यक सीमासम्बन्धी जाँच पूरा गरेपछि एउटै रेलमा यात्रा जारी राख्न सकिने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ। रासस

प्रकाशित: ७ मंसिर २०८३ १३:५६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह

अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह

जनकपुर । भारतको अयोध्यादेखि धनुषाको जनकपुरधामसम्म रेल सेवा सुरु हुन लागेको छ । भोलि ७ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा अयोध्यादेखि जनकपु...

#बालेन-शाह #रेल #जनकपुरधाम
Compare →
Ekantipur
17m ago
गुड्यो अयोध्या–जनकपुर रेल

गुड्यो अयोध्या–जनकपुर रेल

रामायण सर्किटअन्तर्गत सुरु भएको रेलले तीर्थयात्रीलाई सहजता दिने र मिथिला चित्रकलालाई नेपाल–भारतमा नयाँ बजार उपलब्ध गराउने अपेक्षा गरिएको छ।

#रेल #भारत #अयोध्या
Compare →
Arthasansar
2h ago
निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन...

#बालेन-शाह #भारत
Compare →
Bizshala
14h ago
बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघको टोलीले दुई देशबीचको...

#बालेन-शाह #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612