Trending
Prev Story
Next Story

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

Nagarik News •
November 23, 2026 • 05:51 AM
4
4 reads 0 reactions

भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।

नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो।

भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे सहभागी छन्। भारतीय पक्षबाट विदेशमन्त्री डा एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी छन्।

त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई उनका भारतीय समकक्षी मोदीले स्वागत गरेका थिए।

यसलगतै नेपाल र भारतबीचको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ। त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुने छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

प्रकाशित: ७ मंसिर २०८३ ११:३६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
47m ago
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र...

#भेटवार्ता #हैदराबाद #हाउस
Compare →
Ekantipur
49m ago
मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) हैदरवाद हाउस पुगेका छन् । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि बालेन हैदरवाद हाउस पुगेका हुन् ।

#बालेन-शाह #हाउस #हैदराबाद
Compare →
Arthasansar
4h ago
प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ।...

#भेटवार्ता #भारतीय #शाह
Compare →
Hamro Patro News
5h ago
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली– भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः०० बजे ...

#भेटवार्ता #भारतीय #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612