७ मंसिर, काठमाडौं । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको दुईपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा यसबारे जानकारी गराइएको हो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको २ खर्ब ४० अर्ब आर्थिक सहयोगको प्याकेजमध्ये भोटेकोशी बाढीपछिको पुनर्निमाणका लागि ३५ अर्ब भारु अर्थात् ५६ अर्ब नेपाली अनुदान छुट्टयाइएको हो ।
बाँकी १ खर्ब १५ अर्ब भारु अर्थात् १ खर्ब ८४ रुपैयाँ लाइनअफ क्रेडिट (सहुलियतपूर्ण ऋण) अन्तर्गत दिइने विज्ञप्तिमा उल्लेख छ ।
नेपालले १ खर्ब भारु अनुदान र थप १ खर्ब ऋण सहयोग उपलब्ध गराउन भारतलाई अनुरोध गरेको थियो ।