Trending
Prev Story
Next Story

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन र सुशासन प्रवर्द्धनमा भारतले सघाउने

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

७ मंसिर, काठमाडौं । नेपाल र भारतबीच सुशासन प्रवर्द्धन, डिजिटल सार्वजनिक पूर्वाधारको विकास तथा कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र …

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन र सुशासन प्रवर्द्धनमा भारतले सघाउने

७ मंसिर, काठमाडौं । नेपाल र भारतबीच सुशासन प्रवर्द्धन, डिजिटल सार्वजनिक पूर्वाधारको विकास तथा कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने सहमति भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दस्ताबेजमा सुशासनका क्षेत्रमा बहुआयामिक साझेदारी गर्ने उल्लेख गरिएको हो।

संयुक्त दस्ताबेजमा डिजिटल प्रविधिको अवलम्बन गर्दै नागरिक र सरकारबीचको अन्तरक्रियालाई थप पारदर्शी, सहज र प्रभावकारी बनाउने विषयमा दुवै देशका प्राथमिकता र दृष्टिकोणमा उल्लेखनीय समानता रहेको जनाइएको छ।

सहमतिअनुसार नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशबीच प्राविधिक विशेषज्ञता तथा असल अभ्यासहरू आदानप्रदान गरिनेछ। विश्वव्यापी रूपमा मान्यता प्राप्त डिजिटल सार्वभौमसत्ता र डेटा सुरक्षाका सिद्धान्तहरूअनुरूप डिजिटल परिचय, भुक्तानी प्रणाली र ई–गभर्नेन्सजस्ता डिजिटल सार्वजनिक पूर्वाधारका क्षेत्रमा सहकार्य अघि बढाइने दस्ताबेजमा उल्लेख छ।

यसैगरी, नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि भारतको राष्ट्रिय सुशासन केन्द्र (एनसीजीजी) मार्फत तालिमको व्यवस्था गरिने भएको छ।

भ्रमणका क्रममा भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच यससम्बन्धी समझदारीपत्र (एमओयू) मा समेत हस्ताक्षर भइसकेको छ।

दस्ताबेजमा दुवै देशका सङ्घीय तथा प्रादेशिक तहका व्यवस्थापिकाहरूबीच अनुभव र असल संसदीय अभ्यासहरू आदानप्रदान गर्ने सहमति पनि समेटिएको छ।

साथै, स्थानीय शासनलाई थप सुदृढ बनाउन भारतका सम्बन्धित निकायहरूमा अध्ययन भ्रमण आदानप्रदान तथा विशेष तालिम कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2h ago
भारत भ्रमण सकेर आजै स्वदेश फर्कंदै प्रधानमन्त्री शाह

भारत भ्रमण सकेर आजै स्वदेश फर्कंदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आजै साँझ स्वदेश फर्कंदै छन्।

#बालेन-शाह #भारत
Compare →
Arthasansar
2h ago
पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका महत्त्वपूर्ण आधार भएको बताएका छन्। दुई दिने...

#बालेन-शाह #भारत
Compare →
Bizshala
4h ago
नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा नेपाल र भारतबीच उच्चस्तरीय...

#बालेन-शाह #भारत
Compare →
Ekantipur
6h ago
कोशी ब्यारेज निर्माणको ६४ वर्ष: अझै नेपालीले पाएनन् भारतबाट मुआब्जा

कोशी ब्यारेज निर्माणको ६४ वर्ष: अझै नेपालीले पाएनन् भारतबाट मुआब्जा

कोशी पीडित भन्छन्, ‘भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनले हाम्रो समस्या समाधान गरुन्’

#बालेन-शाह #भारत
Compare →
Hamro Patro News
5h ago
नेपाल–भारत बैठकपछि एमओयू र सम्झौतामा हस्ताक्षर हुने, त्यसपछि बालेन र मोदीले संयुक्त मिडिया ब्रिफिङ गर्ने

नेपाल–भारत बैठकपछि एमओयू र सम्झौतामा हस्ताक्षर हुने, त्यसपछि बालेन र मोदीले संयुक्त मिडिया ब्रिफिङ गर्ने

काठमाडौं । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सकिएलगत्तै दुई देशबीच समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौतामा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (...

#बालेन-शाह #भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612