Trending
Prev Story
Next Story

कोशी ब्यारेज निर्माणको ६४ वर्ष: अझै नेपालीले पाएनन् भारतबाट मुआब्जा

Ekantipur •
November 23, 2026 • 06:32 AM
5
5 reads 0 reactions

कोशी पीडित भन्छन्, ‘भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनले हाम्रो समस्या समाधान गरुन्’

कोशी ब्यारेज निर्माणको ६४ वर्ष: अझै नेपालीले पाएनन् भारतबाट मुआब्जा

कोशी पीडित भन्छन्, ‘भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनले हाम्रो समस्या समाधान गरुन्’

राजविराज — बहुचर्चित कोशी सम्झौताअनुसार कोशी कटान र कोशी ब्यारेज निर्माणका क्रममा भारतले अधिग्रहण गरेको नेपाली किसानको हजारौँ बिघा जग्गाको क्षतिपूर्ति तथा मुआब्जा रकम भारत सरकारले अझै उपलब्ध गराएको छैन । कोशी ब्यारेज निर्माण भएको ६४ वर्ष बितिसक्दा पनि पीडित किसानले मुआब्जा पाउन सकेका छैनन् ।

स्थानीय कोशी पीडितको लामो संघर्ष र वर्षौँको कूटनीतिक प्रयासपछि तीन वर्षअघि भारतीय पक्षले मुआब्जा उपलब्ध गराउने सहमति जनाए पनि त्यसको कार्यान्वयन हुन नसकेको कोशी पीडित संघर्ष समितिको भनाइ छ ।

कोशी ब्यारेज निर्माणका क्रममा भारतले १३ हजार ९ सय बिघा जग्गा अधिग्रहण गरेको थियो । अधिग्रहण गरिएका जग्गामध्ये केही किसानलाई त्यतिबेला थोरै रकम मुआब्जाबापत उपलब्ध गराइए पनि त्यसपछि विभिन्न समयमा कोशी नदीले कटान गरेका हजारौँ बिघा जग्गाको मुआब्जा भारत सरकारले हालसम्म दिएको छैन ।

कोशी ब्यारेज निर्माणपछि उदयपुरको भागलपुरदेखि सप्तरीको भारदह, लिल्जा, लौहा पटना, डलवा, योगिनियाँ, हनुमाननगर, नरहा, बरहा र सर्वाहालगायतका मौजा तथा सुनसरीका विभिन्न क्षेत्रमा गरी करिब ७ हजार परिवारको कुल २५ हजार ३ सय ९ बिघा १० कठ्ठा १२ धुर जग्गा कटान भएको थियो । उक्त जग्गाको मुआब्जा तथा क्षतिपूर्ति भारतले तिर्न बाँकी रहेको कोशी पीडित संघर्ष समितिका संयोजक कासिम अन्सारी बताउँछन् ।

कोशी सम्झौताअनुसार नदीले जग्गा कटान गरेको वर्ष सम्बन्धित मालपोत कार्यालयमा भएको जग्गाको कारोबारका आधारमा मुआब्जा निर्धारण गर्ने व्यवस्था छ । तर, सम्झौताविपरीत भारतीय पक्षले ब्यारेज निर्माणका क्रममा अधिग्रहण गरेको जग्गाको समेत न्यून मुआब्जा निर्धारण गरेपछि अधिकांश किसानले त्यसलाई स्वीकार गरेका थिएनन् ।

ब्यारेज निर्माणका क्रममा स्थानीय कृष्णदेव झाको अगुवाइमा कोशी पीडितले निर्माण कार्य १९ दिनसम्म अवरुद्ध गराएका थिए । निर्माणमा अवरोध भएपछि भारतीय पक्ष चलनचल्तीको दररेटअनुसार मुआब्जा दिन तयार भएको थियो । तर, कोशी योजनाका नेपाली पक्षका निर्देशक द्वारिका दास, तत्कालीन अञ्चलाधीश बद्रीविक्रम र प्रमुख जिल्ला अधिकारी रामजीप्रसाद कोइरालाले भारतीय पक्षबाट मोटो रकम लिएर डरधम्की दिँदै अधिग्रहण गरिएको जग्गाको न्यून मुआब्जा लिन किसानलाई बाध्य बनाएको सप्तरी भारदहका कोशी पीडित कपिलेश्वर माझीको आरोप छ ।

त्यतिबेला भारतीय पक्षले प्रतिविघा ४ हजारदेखि ११ हजार रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको थियो । तोकिएको न्यून मुआब्जा लिन अस्वीकार गर्ने किसानको रकम तत्कालीन अञ्चलाधीशले बुझेर राजविराजस्थित वाणिज्य बैंकमा राखेको र पछि उनले व्यक्तिगत प्रयोजनमा खर्च गरेको कोशी पीडितहरूको आरोप छ ।

कोशी नदीको पूर्वी र पश्चिमी तटबन्धबीच सप्तरी र सुनसरीका तत्कालीन ३४ वटा मौजा डुबानमा परेका छन् । तीमध्ये कोशी ब्यारेज पुलको उत्तरतर्फ २२ र दक्षिणतर्फ १२ वटा मौजा पर्छन् । डुबानमा परेका मौजामध्ये २१ वटाका सम्पूर्ण जग्गा भारतले योजनाका लागि अधिग्रहण गरेको थियो भने बाँकी १३ मौजाका केही जग्गा मात्र अधिग्रहण गरिएको थियो ।

जग्गा अधिग्रहणबाट मात्रै २ हजार ६ सय २५ परिवार प्रभावित भएका थिए । त्यस्तै, तटबन्धभित्र डुबानमा परेपछि झन्डै १३ हजार परिवारका डेढ लाखभन्दा बढी जनसंख्या प्रभावित भएका थिए । अधिग्रहण गरिएका जग्गाको न्यून मुआब्जा भए पनि तत्कालीन समयमा भारत सरकारले उपलब्ध गराएको थियो । तर, तटबन्धभित्र डुबानमा परेका हजारौँ बिघा जग्गाको मुआब्जा उपलब्ध गराउने प्रक्रिया भने अहिलेसम्म अघि बढ्न सकेको छैन ।

१४ डिसेम्बर १९५३ मा भारतको लोकसभाबाट स्वीकृति प्राप्त भएपछि २५ अप्रिल १९५४ मा नेपाल र भारत सरकारबीच बहुउद्देश्यीय कोशी सम्झौता भएको थियो । सम्झौतामा मुख्यतः दुई पक्ष समेटिएका छन् । पहिलो पक्षमा नेपाल र भारत सरकारबीचको सम्बन्ध तथा दोस्रो पक्षमा सरकार र नागरिकबीचको हक–अधिकारसम्बन्धी व्यवस्था गरिएको छ ।

सन् १९६३ मा ब्यारेजबाट पानी प्रवाह भएपछि १४ डिसेम्बर १९६६ मा सम्झौताका केही बुँदा थपघट गरी संशोधन (रिभ्यू) गरिएको थियो । कोशी योजना क्षेत्र भारत सरकारले नेपाल सरकारबाट १९९ वर्षका लागि लिजमा लिने गरी तयार गरिएको संशोधित सम्झौतामा १६ वटा दफा थपिएका छन् ।

सम्झौताको दफा ८ मा दुवै सरकारले नियुक्त गरेका पदाधिकारीले संयुक्त रूपमा अधिग्रहण गरिने तथा क्षति पुगेको सम्पत्ति र जग्गाको प्रमाणीकरण गर्ने व्यवस्था छ । अधिग्रहणमा परेको जग्गा, नदीले कटान गरेको जग्गा वा योजना निर्माणका क्रममा क्षति पुगेको सम्पत्ति तथा जग्गाको मुआब्जा र क्षतिपूर्ति दुवै सरकारबीचको पारस्परिक सहमतिका आधारमा निर्धारण गर्ने प्रावधान छ ।

सोही दफाअनुसार जग्गालाई चार श्रेणीमा विभाजन गरी त्यसैका आधारमा मुआब्जा दर निर्धारण गर्ने व्यवस्था गरिएको छ । मुआब्जा तथा क्षतिपूर्तिको रकम भारत सरकारले उपलब्ध गराउने र त्यससम्बन्धी आवश्यक प्रक्रिया नेपाल सरकारले पूरा गर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।

तीन पुस्तादेखि मुआब्जाका लागि संघर्ष

कोशी मुआब्जाका लागि जीवनभर संघर्ष गर्दा पनि रकम पाउन नसकेपछि सप्तरीको भारदहका ७९ वर्षीय कपिलेश्वर माझीले मुआब्जासम्बन्धी कागजात र प्रमाण छोरा भुपेन्द्र माझीको जिम्मा लगाएका छन् । उनका हजुरबुवा धनेश्वर माझीले सुरु गरेको मुआब्जा प्राप्तिको संघर्ष उनको निधनपछि छोरा कपिलेश्वरले अघि बढाए । अहिले नाति भुपेन्द्रले त्यसलाई निरन्तरता दिइरहेका छन् ।

‘कोशी ब्यारेज निर्माणका क्रममा भारत सरकारले अत्यन्त न्यून मूल्य तोकेर मेरो ३१ बिघा उब्जाउ जग्गा अधिग्रहण गरे पनि त्यसको मुआब्जासमेत पूरा पाएनौँ,’ भुपेन्द्रले भने, ‘कोशी ब्यारेज बनेको पाँच–सात वर्ष नबित्दै बाँकी रहेको ५१ बिघा खेतीयोग्य जग्गा पनि कटानमा परेपछि हाम्रो सर्वस्व नै गुम्यो ।’

‘सम्झौताअनुसार आफ्नो जग्गाको मुआब्जा माग्न बुवा धनेश्वर माझी भारतीय अधिकारीहरू बस्ने दिल्ली र पटना धाउँदाधाउँदै बित्नुभयो,’ भुपेन्द्रका वृद्ध बुवा कपिलेश्वरले भने, ‘त्यसपछि सन् १९७८ देखि म पनि पटक–पटक भारतीय अधिकारीकहाँ पुगेँ, तर अहिलेसम्म केही पाउन सकेको छैनौँ ।’

माझी परिवारजस्तै त्यस क्षेत्रका हजारौँ कोशी पीडितले अझै मुआब्जा पाउन सकेका छैनन् । अहिले प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा रहेका बेला आफूहरूको दशकौँदेखिको समस्या कूटनीतिक पहलमार्फत समाधान हुनुपर्ने उनीहरूको माग छ ।

‘तीन वर्षअघि पनि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमार्फत भारतीय परराष्ट्र मन्त्रालयसमक्ष कोशी मुआब्जासम्बन्धी प्रक्रिया अघि बढेको थियो,’ कोशी पीडित संघर्ष समितिका संयोजक अन्सारीले भने, ‘त्यतिबेला मुआब्जा उपलब्ध गराउने आश्वासन पाएपछि ब्यारेजमै सुरु गरिएको अनशन र ब्यारेज घेराउ स्थगित गरेका थियौँ । तर, अहिलेसम्म कुनै उपलब्धि भएको छैन । अहिले प्रधानमन्त्री भारत भ्रमणमा छन् । यस भ्रमणका क्रममा हाम्रो समस्या समाधानका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

आरएन विश्वास कान्तिपुर मिडिया ग्रुपका सप्तरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1h ago
निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन...

#बालेन-शाह #भारत
Compare →
Hamro Patro News
4h ago
यस्तो छ भारतमा प्रधानमन्त्री बालेनको आजको कार्यक्रम

यस्तो छ भारतमा प्रधानमन्त्री बालेनको आजको कार्यक्रम

काठमाडौं । आइतबारदेखि भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज (सोमबार) त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । भारत भ्रमणको दोस्रो एवं अन्तिम दिन...

#बालेन-शाह #भारत
Compare →
Nagarik News
6h ago
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान : निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान : निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्।

#बालेन-शाह #भारत
Compare →
Bizshala
13h ago
बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघको टोलीले दुई देशबीचको...

#बालेन-शाह #भारत
Compare →

Related Stories

World News
Build #2612