Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनको भारत भ्रमण: यी हुन् तीन ‘मेजर आउटकम’

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ मंसिर, काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भइसकेको छ। एकछिन अगाडि मात्रै राष्ट्रपति भवनमा बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने बेला दुवैबीच भेट भएको हो। बालेन-मोदीबीच औपचारिक भेटवार्ता …

प्रधानमन्त्री बालेनको भारत भ्रमण: यी हुन् तीन ‘मेजर आउटकम’

७ मंसिर, काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भइसकेको छ। एकछिन अगाडि मात्रै राष्ट्रपति भवनमा बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने बेला दुवैबीच भेट भएको हो। बालेन-मोदीबीच औपचारिक भेटवार्ता शुरू हुँदैछ। सोही भेटवार्तामार्फत भारत-नेपालबीच हुने सहमतिले कार्यान्वयनको बाटो खुल्नेछ।

मोदी-बालेनबीचको भेटवार्ता पछिको अन्तिम परिणाम ‘फाइनल आउटकम’ अर्थात् भारतबाट नेपाललाई केके प्राप्त हुँदैछ भन्ने अन्तिम विवरण अनलाइनखबर लाई प्राप्त भएको छ। उक्त विवरणअनुसार ‘मेजर आउटकम’का रूपमा भारतले नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउँदैछ। तर त्यो प्याकेज कति रकमको हुने भनेर खुलाइएको छैन।

मेजर आउटकमकै रूपमा भारतले गुजरातको कान्दला र ओडीसाको पारादीप बन्दरगाह पाउँदैछ। नेपालले गुजरातको मुन्द्रा बन्दरगाहाको माग राखे पनि भारतले सो बन्दरगाह दिन मानेन।

त्यस्तै मेजर आउटकमको अन्तिम बुँदामा अयोध्या-जनपुरको रेल सेवाबारे उल्लेख छ। आज मोदी-बालेनले आयोध्यादेखि जनकपुरसम्म चल्ने रेलको उद्घाटन गर्ने कार्यक्रम पनि छ। यो रेल सेवालाई भारतले ‘सर्यु कमला एक्सप्रेस’को नाम दिएको छ।

अनलाइखबर लाई प्राप्त विवरणअनुसार भारतले चितवनमा एग्रो इन्डस्ट्रियल पार्क बनाइदिने भएको छ। सँगै काठमाडौँलाई रक्सौलसँग जोड्न रेल सेवाको विस्तारका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार हुने भएको छ। त्यस्तै उक्त विवरणमा भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल बनाइदिने उल्लेख छ।

विवरमा भारतले तल्लो अरूण हाइड्रोपावर परियोजनाको सिल्यानास गरिने भनिएको छ। त्यस्तै, झापामा पेट्रोलियम टर्मिनल र एकीकृत चेकपोस्टका रूपमा बनबासा-दोधारा चाँदनीको सिल्यानास गरिने भनिएको छ।

त्यस्तै, विवरणमा मोतिहारी-अमलेखगंज पाइपलाइन, सिलिगुरी-झापा ग्यास लाइन, जयनगर-बर्दिबास, जोगबनी-विराटनगरबीच रेल सेवा, बर्दिबास-निजगढ र वीरगंज-निजगढ रेल लिंकमा सहकार्य, टेलिकम र बैंकिङ सुविधामा सहजिकरण गरिने उल्लेख छ।

त्यस्तै, भारतीय प्राविधिक संस्थान (आईआईटी)का शाखा क्याम्पसहरू नेपालमा विस्तार गरिने भनिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
12h ago
बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघको टोलीले दुई देशबीचको...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Hamro Patro News
15h ago
प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क

प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह बालेनको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन् । नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत ...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
17h ago
हिजो भारतमा भविष्य खोज्दै पढेका बालेन, आज नेपालको भविष्य बोकेर दिल्लीमा

हिजो भारतमा भविष्य खोज्दै पढेका बालेन, आज नेपालको भविष्य बोकेर दिल्लीमा

हिजो बैंग्लुरको कक्षाकोठामा स्ट्रक्चरल इन्जिनियरिङ र भूकम्प प्रतिरोधी संरचनाको ज्ञान खोज्दै भविष्यको सपना बुनेका शाह आज नेपालको प्रधानमन्त्रीका रूपमा नयाँदिल्लीको कूटनीतिक मञ्चमा उभिएका छन्।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
7m ago
कोशी ब्यारेज निर्माणको ६४ वर्ष: अझै नेपालीले पाएनन् भारतबाट मुआब्जा

कोशी ब्यारेज निर्माणको ६४ वर्ष: अझै नेपालीले पाएनन् भारतबाट मुआब्जा

कोशी पीडित भन्छन्, ‘भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनले हाम्रो समस्या समाधान गरुन्’

#बालेन-शाह #भारत
Compare →
Arthasansar
33m ago
निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन...

#बालेन-शाह #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612