Trending
Prev Story
Next Story

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान : निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

Nagarik News •
November 23, 2026 • 12:54 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्।

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान : निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्।

नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसङ्घ (सिआइआई)द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्। अर्थमन्त्री वाग्लेले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

'सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु', अर्थमन्त्रीले भने, 'नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस्। नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।'

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको स्पष्ट पारे। उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको बताए।

कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिनप्रसाद, सिआइआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहेर भारत पुगेका उद्योगी व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी व्यवसायी एवं प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो।

प्रकाशित: ७ मंसिर २०८३ ०६:३९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
15h ago
प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दुईदिने राजकीय भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि...

#बालेन-शाह #अर्थमन्त्री #भारत
Compare →
Hamro Patro News
10h ago
प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क

प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह बालेनको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन् । नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत ...

#बालेन-शाह #भारत #भारतीय
Compare →
Ekantipur
16m ago
भारतीय लगानीकर्ताले नेपालमा सुखद अनुभव सुनाए, अर्थमन्त्रीले थप सुधारको प्रतिबद्धता जनाए

भारतीय लगानीकर्ताले नेपालमा सुखद अनुभव सुनाए, अर्थमन्त्रीले थप सुधारको प्रतिबद्धता जनाए

लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको अर्थमन्त्री वाग्लेको दाबी।

#अर्थमन्त्री #भारतीय
Compare →
Arthasansar
16h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भारत
Compare →

Related Stories

Business & Economy
Build #2612