काठमाण्डौ । दुईदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री डा. एस. जयशंकर नयाँदिल्लीस्थित होटल ताजमहल पुगेका छन्।
आइतबार नै भारतको राजधानी नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भारतीय समयअनुसार साँझ ६ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको हो।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय उच्च राजनीतिक नेतृत्वसँग हुने भेटघाटको शृंखलाअन्तर्गत यो भेट तय भएको हो।
भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि, बैठकको विस्तृत एजेन्डा सार्वजनिक भएको छैन।
प्रधानमन्त्री शाह आइतबार उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने भारत भ्रमणमा निस्किएका हुन्।
भ्रमणको मुख्य कार्यक्रम भने सोमबार हुनेछ। प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। सो अवसरमा दुई देशबीच व्यापार, ऊर्जा, लगानी, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।