Trending
Prev Story
Next Story

७२ घण्टासम्म दानापानीबिनै पशु ढुवानी, पशु कल्याणसम्बन्धी मापदण्डको व्यापक उल्लंघन

Bizshala •
November 22, 2026 • 03:04 PM
2
2 reads 0 reactions

काठमाण्डौ । मासुका लागि देशका विभिन्न जिल्लाबाट काठमाण्डौ ल्याइने पशुपन्छीको ढुवानीमा गम्भीर लापरबाही हुने गरेको...

७२ घण्टासम्म दानापानीबिनै पशु ढुवानी, पशु कल्याणसम्बन्धी मापदण्डको व्यापक उल्लंघन

काठमाण्डौ । मासुका लागि देशका विभिन्न जिल्लाबाट काठमाण्डौ ल्याइने पशुपन्छीको ढुवानीमा गम्भीर लापरबाही हुने गरेको तथ्य सार्वजनिक भएको छ। लामो दूरीको यात्रामा पशुलाई दानापानी नदिने, क्षमताभन्दा बढी कोच्ने र अनुपयुक्त सवारीसाधन प्रयोग गर्ने गरिएको पाइएको हो।

नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अध्ययन तथा तस्बिर र भिडियो संकलनका क्रममा विशेषगरी राँगाभैँसी, खसीबाख्रा र कुखुराको ढुवानीमा पशु कल्याणसम्बन्धी मापदण्डको व्यापक उल्लंघन भइरहेको पाइएको हो।

समाजले आइतबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिमका कैलाली, टीकापुर र अत्तरियालगायत क्षेत्रबाट काठमाण्डौसम्म राँगाभैँसी ल्याउन ४८ देखि ७२ घण्टासम्म लाग्ने र कतिपय पशुलाई उक्त अवधिभर पर्याप्त पानी तथा आहारसमेत उपलब्ध नगराइने गरेको जनाएको छ।

समाजका निर्देशक हरि जोशीका अनुसार लामो दूरीको यात्रामा पशुलाई निश्चित अन्तरालमा पानी, आहारा र आरामको व्यवस्था गर्नुपर्ने भए पनि व्यवहारमा त्यसको पालना भएको छैन।

पशु ढुवानीका लागि विशेष रूपमा तयार गरिएका सवारीसाधनको सट्टा तरकारी तथा अन्य सामान ओसारपसार गर्ने ट्रक प्रयोग हुने गरेको उनले बताए।

एउटै ट्रकमा क्षमताभन्दा बढी पशु राख्ने, साना र ठूला राँगाभैँसीलाई सँगै बाँध्ने तथा पर्याप्त ठाउँ नदिने प्रवृत्तिका कारण पशुहरू घाइते हुने, शरीरमा घाउ हुने र अत्यधिक शारीरिक तथा मानसिक पीडा भोग्न बाध्य हुने गरेको समाजको निष्कर्ष छ।

राँगाभैँसी मात्र नभई कुखुरा र खसीबाख्राको ढुवानीमा समेत यस्तै समस्या देखिएको जोशीले जानकारी दिए।

सरकारले पशु ढुवानीसम्बन्धी मापदण्ड बनाए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको समाजको आरोप छ।

पशुको स्वास्थ्य प्रमाणपत्रका आधारमा क्वारेन्टाइन कार्यालयहरूले ढुवानी अनुमति दिने गरे पनि यात्राका क्रममा पशुलाई कस्तो अवस्थामा राखिएको छ भन्ने विषयमा पर्याप्त अनुगमन नभएको समाजले जनाएको छ।

जोशीका अनुसार समस्या मासु व्यवसाय वा पशु व्यापारसँग सम्बन्धित नभई ढुवानीका क्रममा पशुमाथि हुने अमानवीय व्यवहारसँग सम्बन्धित छ।

पशुलाई पनि भोक, प्यास, डर र पीडाको अनुभूति हुने भएकाले उनीहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्नु राज्य तथा सम्बन्धित व्यवसायीको दायित्व भएको उनले बताए।

समाजले पशु ढुवानीको वास्तविक अवस्था उजागर गर्न फोटो तथा भिडियो संकलन गरी सार्वजनिक गर्ने अभियानसमेत सुरु गरेको छ।

विशेष ट्रक र विश्रामस्थलको व्यवस्था गर्न माग

पशु ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउन विशेष प्रकारका सवारीसाधन प्रयोग गर्नुपर्ने समाजको सुझाव छ।

यस्ता सवारीसाधन खरिद तथा सञ्चालनमा व्यवसायीलाई सरकारले सहुलियत र राजस्व छुट उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको छ।

लामो दूरीमा पशु ओसारपसार गर्दा बीचबीचमा विश्रामस्थल स्थापना गरी पानी, आहारा, आराम र आवश्यक स्वास्थ्य उपचारको व्यवस्था मिलाउनुपर्नेमा समाजले जोड दिएको छ।

यसैगरी, काठमाण्डौमा पशु ढुवानीबाट उत्पन्न हुने फोहोर तथा सरसफाइसम्बन्धी समस्या न्यूनीकरण गर्न चितवन आसपासमा आधुनिक र व्यवस्थित वधशाला स्थापना गर्ने विकल्पसमेत अघि सारिएको छ।

समाजका अनुसार काठमाण्डौमा कैलाली, टीकापुर, अत्तरिया, नेपालगञ्ज, बर्दिया, नवलपरासी, बारा, जनकपुर र विराटनगरलगायत क्षेत्रबाट मासु प्रयोजनका लागि पशुपन्छी ल्याइने गरिएको छ।

समाजले पशु सेवा विभाग, क्वारेन्टाइन कार्यालय, ट्राफिक प्रहरी, पशु खरिदबिक्री व्यवसायी तथा ढुवानी व्यवसायीबीच प्रभावकारी समन्वय गरी विद्यमान मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
2d ago
पशु ढुवानीमा चरम लापरवाही, संवेदनाको ख्याल राख्नुपर्नेमा सरोकारवालाको जोड

पशु ढुवानीमा चरम लापरवाही, संवेदनाको ख्याल राख्नुपर्नेमा सरोकारवालाको जोड

६ मंसिर, काठमाडौं । नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ । लामो दूरीसम्म कुनै दानापानी नदिइ, क्षमताभन्दा बढी सङ्ख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार …

#पशु #ढुवानी #काठमाडौं
Compare →
Nagarik News
4h ago
पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ।

#पशु #ढुवानी #मापदण्ड
Compare →

Related Stories

National (Nepal)
Build #2612