Trending
Prev Story
Next Story

कोशी प्रदेशका यातायात कार्यालयबारे संसदीय समितिले अध्ययन गर्ने

Nagarik News •
November 23, 2026 • 09:52 AM
4
4 reads 0 reactions

कोशी प्रदेश सरकारका यातायात कार्यालयको प्रभावकारिताबारे प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले अध्ययन गर्ने भएको छ।

कोशी प्रदेशका यातायात कार्यालयबारे संसदीय समितिले अध्ययन गर्ने

कोशी प्रदेश सरकारका यातायात कार्यालयको प्रभावकारिताबारे प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले अध्ययन गर्ने भएको छ।

समितिको सोमबारको बैठकमा सांसदहरूले कोशी प्रदेश यातायात व्यवस्था कार्यालयहरू अनावश्यक रूपमा पनि स्थापना गरिएको गुनासो गरेपछि समितिले त्यस्ता कार्यालयहरूबारे अध्ययन गर्ने निर्णय गरेको हो।

समितिको बैठकमा सांसद नारायण बुर्जामगरले यातायात कार्यालयहरूमा बेथिति रहेको बताउँदै दिनमा एक जना सेवाग्राही पनि नआउने स्थानमा समेत यातायात कार्यालय स्थापना गरी सञ्चालनमा रहेको गुनासो गरे।

मगरले ओखलढुंगाको रुम्जाटारमा रहेको कार्यालयमा दिनमा एक जना पनि सेवाग्राही नआउने गरेको बताए।

मगरले यस्ता कार्यालयहरू प्रदेश सरकारका कहाँ–कहाँ कति वटा छान् भन्ने बारे अध्ययन गर्न आवश्यक रहेको धारणा राखे।

सांसद रमेश बस्नेतले कोशी प्रदेशका १४ वटै जिल्लामा यातायातका कति वटा कार्यालयहरू रहेको र ती कार्यालयहरूको प्रभावकारिताका विषयमा अध्ययन आवश्यक रहेको बताए।

सांसदहरूले अनावश्यक रूपमा यातायात कार्यालयहरू स्थापना भएको गुनासो गरेपछि समितिकी सभापति कमला दर्नालले त्यस्ता कार्यालयहरूका विषयमा समितिले अध्ययन गरी सरकारलाई आवश्यक निर्देशन दिने बैठकमा जानकारी गराइन्।

बैठकमा सांसदहरूले इटहरीको यातायात कार्यालयमा पार्किङ व्यवस्थित नभएको बताएका थिए। यस्तै, कार्यालय परिसरको पछाडिको भागमा प्रवेशद्वार बनाएको विषय सेवाग्राहीलाई सहज पार्न हो वा अरु कसैको स्वार्थ पूर्तिका लागि हो भन्ने विषयमा पनि प्रश्न उठाएका थिए।

उक्त विषयमा मंगलबार नै समितिले यातायात कार्यालय इटहरीको अनुगमन गरी  छानबिन गर्ने र विगतमा समितिले दिएका निर्देशनहरू पालना भए नभएको विषयमा पनि अध्ययन गर्ने समिति सभापति दर्नालले जानकारी दिइन्।

यस्तै समिति अन्तर्गतको प्रत्यायोजन विधायन उप समितिलाई पनि बैठकले फेर बदल गरेको छ। सांसद रमेश बस्नेतको संयोजकत्वमा नारायण बुर्जामगर र सदानन्द मण्डल सदस्य रहने गरी उपसमिति हेरफेर गरिएको समितिकी सभापति दर्नालले बताइन्।

प्रकाशित: ७ मंसिर २०८३ १५:३७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
आजको मौसम: कोशी र मधेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

आजको मौसम: कोशी र मधेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

काठमाडौं- देशका केही भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ भने कोशी...

#कोशी #रहे
Compare →
Onlinekhabar
3d ago
सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे लेखा समितिले छलफल बोलायो

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे लेखा समितिले छलफल बोलायो

६ मंसिर, काठमाडौं । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा यस सम्बन्धमा उजुरी परेको छ । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित …

#समितिले #कोशी
Compare →
Ekantipur
7h ago
कोशी ब्यारेज निर्माणको ६४ वर्ष: अझै नेपालीले पाएनन् भारतबाट मुआब्जा

कोशी ब्यारेज निर्माणको ६४ वर्ष: अझै नेपालीले पाएनन् भारतबाट मुआब्जा

कोशी पीडित भन्छन्, ‘भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनले हाम्रो समस्या समाधान गरुन्’

#कोशी
Compare →
Bizshala
1d ago
कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

काठमाडौं। हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय...

#कोशी
Compare →

Related Stories

Politics & Governance
Build #2612