नेपाल सरकारका युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अयोध्या–जनकपुर रेल सञ्चालनले धार्मिक र सांस्कृतिक पर्यटनमा बढोत्तरी हुने बताउनुभएको छ ।
नेपाल रेल्वेद्धारा अयोध्याधामबाट मङ्गलबार जनकपुरधाम आएको रेल र रेलमा सवार यात्रीको स्वागतमा आयोजना गरिएको स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई देशबिच भएको रेल सञ्चालनले अयोध्या र जनकपुरधामबिचको यात्रा सहज हुनुका साथै दुई देशबिचको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो । उहाँले भारतबाट यहाँ आउने पर्यटकले जानकी मन्दिरमा दर्शन मात्रै नगरी मिथिलाको संस्कृति हेर्ने, चित्रकला र हस्तकलालाई चिन्ने, यहाँका स्वादिष्ट खानाको स्वाद लिने र स्थानीय उत्पादन किन्दा यहाँका होटल, रेष्टुरेन्ट र साना–साना व्यापार फस्टाउने बताउनुभयो । जसले गर्दा यहाँका युवाहरु सिप, पर्यटन अतिथि सत्कार र उद्यमशीलताको माध्यमले यस अवसरको लाभ लिने बताउनुभयो ।
Read full story at source ( gorkhapatraonline.com )