Trending
Prev Story
Next Story

अयोध्याबाट आएका चार सय तीर्थयात्रीलाई स्वागत

Nagarik News •
November 24, 2026 • 08:16 AM
12
12 reads 0 reactions

ममन्त्री यादवले जनकपुरधाम–अयोध्या रेल सेवा दुई देशबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण माध्यम भएको बताए।

अयोध्याबाट आएका चार सय तीर्थयात्रीलाई स्वागत

जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सञ्चालन भएको अयोध्या–जनकपुरधाम रेलसेवामार्फत आएका करिब ४०० भारतीय तीर्थयात्रीलाई भव्य स्वागत गरिएको छ।

नेपाल रेल्वे कम्पनीद्वारा जनकपुरधाम रेल्वे स्टेसनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा तीर्थयात्रीलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वागत गरे।

सो अवसरमा श्रममन्त्री यादवले जनकपुरधाम–अयोध्या रेल सेवा दुई देशबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण माध्यम भएको बताए।

उनले नेपाल–भारतबीचको यस रेल सेवामार्फत धार्मिक पर्यटन प्रर्वद्धन तथा व्यापार, रोजगारी र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।

जनकपुरधाम र अयोध्याबीचको सम्बन्ध यातायातमा मात्र सीमित नभई पारिवारिक, सांस्कृतिक, धार्मिक र भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले सरयू–कमला एक्सप्रेसले दुई देशका नागरिकबीचको आत्मीयतालाई थप मजबुत बनाउने बताए।

उनले भने, ‘अयोध्या र जनकपुरधामबीचको सम्बन्ध दुई सहरको सम्बन्ध मात्र होइन, यो बेटी–ज्वाइँ, परिवार, संस्कृति, परम्परा, आस्था र आत्मीयताको सम्बन्ध हो।’

श्रममन्त्री यादवले विवाहपञ्चमी महोत्सव नजिक आइरहेको अवस्थामा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालु तथा भक्तजनलाई रेल सेवाले आवागमनमा सहजता प्रदान गर्ने उनले बताए।

उनले पछिल्लो रेल सेवाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रर्वद्धन साथै स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, होमस्टे तथा साना व्यवसायको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरे।

मधेस प्रदेशका मुख्यमन्त्री यादवले अयोध्या–जनकपुर रेल सम्पर्क विस्तारले दुई देशबीचको यातायात सहकार्य, धार्मिक पर्यटन र आर्थिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरे।

उनले रेल सेवा सञ्चालन गर्न भएको ऐतिहासिक पहलका लागि  दुवै देशका प्रधानमन्त्री तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरे।

मुख्यमन्त्री यादवले नेपाल र भारतबीचको ‘बेटी–रोटी’ सम्बन्धलाई व्यवहारमा सहज बनाउन सीमापार आवागमनका अवरोध हटाउनुपर्नेमा जोड दिए।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले भगवान् श्रीराम र माता सीताको वैवाहिक सम्बन्धले जोडिएका दुई धार्मिक नगरीलाई रेलमार्गले जोड्ने पहल दुवै देशका नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताए।

विश्व हिन्दू परिषद् नेपालका प्रदेश सङ्गठन सचिव जंगबहादुर सिंहले रेल सेवाले धार्मिक, सामाजिक तथा आर्थिक क्षेत्रमा दुवै देशलाई लाभ पुर्याउनुका साथै नागरिकबीचको आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सरयू–कमला एक्सप्रेस नाम दिइएको उक्त रेल १७ वटा डब्बासहित आज बिहान ९ः१५ बजे जनकपुरधाम रेल्वे स्टेसन आइपुगेको थियो।

रेलमा सवार भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा तीर्थयात्रीलाई खादामाला लगाएर स्वागत तथा सम्मान गरिएको थियो।

तीर्थयात्रीको स्वागतका लागि सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। उनीहरूका लागि जानकी मन्दिरलगायत धार्मिकस्थलमा पूजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको छ।

स्वागत तथा सम्मान र धार्मिकस्थलको दर्शनपछि तीर्थयात्रीलाई आजै पुनः बिदाइ गरिने प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिए।

नेपाल र भारत सरकारको सहयोगमा आधुनिक ब्रोडगेज रेलमार्ग निर्माण तथा विस्तार भएपछि सन् २०२२ मा जयनगर–कुर्था रेल सेवा पुनः सञ्चालनमा आएको थियो। त्यसको एक वर्षपछि कुर्थाबाट भङ्गहा–बिजलपुरासम्म सेवा विस्तार गरिएको थियो।रासस

प्रकाशित: ८ मंसिर २०८३ १४:०१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
अयोध्याबाट रेलमा आएका यात्रुहरूको जनकपुरधाम स्वागत (तस्विरहरु)

अयोध्याबाट रेलमा आएका यात्रुहरूको जनकपुरधाम स्वागत (तस्विरहरु)

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, श्रममन्त्री रामजी यादव जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह, स्थानीय बासीहरुले अयोध्याबाट आएकाे रेलका यात्रुहरूको स्वागत गरेका छन् ।...

#जनकपुरधाम #अयोध्या #यादव
Compare →
Bizshala
1d ago
अयोध्याबाट आएको तीर्थयात्री बोकेको रेल जनकपुरधाम पुग्यो

अयोध्याबाट आएको तीर्थयात्री बोकेको रेल जनकपुरधाम पुग्यो

जनकपुर । भारतको अयोध्याबाट सोमबार छुटेको सरयू–कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ। रेलमा एक हजारभन्दा बढी...

#जनकपुरधाम #अयोध्या #तीर्थयात्री
Compare →
Onlinekhabar
5d ago
अयोध्याबाट आएको रेललाई जनकपुरमा भव्य स्वागत (तस्वीरहरू)

अयोध्याबाट आएको रेललाई जनकपुरमा भव्य स्वागत (तस्वीरहरू)

८ मंसिर, काठमाडौं । भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थयात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा …

#जनकपुरधाम #अयोध्या #स्वागत
Compare →
Ekantipur
1d ago
अयोध्याबाट जनकपुर आइपुग्यो रेल, भव्य स्वागतका १० तस्बिर

अयोध्याबाट जनकपुर आइपुग्यो रेल, भव्य स्वागतका १० तस्बिर

नयाँदिल्लीस्थित हैदराबाद भवनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या–जनकपुर चल्ने रेलको उद्घाटन गरेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको आज बिहान स्वागत गरेका छन् ।

#अयोध्या #स्वागत
Compare →
Arthasansar
2d ago
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु...

#जनकपुरधाम #अयोध्या
Compare →

Related Stories

Politics & Governance
Build #2625