प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।
भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा तस्बिरहरु पोस्ट गर्दै प्रधानमन्त्री मोदी र भारतका जनतालाई धन्यवाद दिएका हुन्।
उनले लेखेका छन्,‘महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतका जनतालाई धन्यवाद।’
यसअघि प्रधानमन्त्री मोदीले पनि फेसबुकमा शाहसँगका केही तस्बिर पोस्ट गर्दै भेट सुखद रहेको उल्लेख गरेका थिए।
उनले भारत–नेपाल मैत्री सम्बन्ध अझ उचाइमा पुग्ने उल्लेख गरेका थिए।
प्रकाशित: ७ मंसिर २०८३ १९:१३ सोमबार