Trending
Prev Story
Next Story

दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा रोकियो

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions 4 comments

९ मंसिर, सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बुधबार भएको खेलमा दुई गोलको अग्रता बनाएको बागमतीले अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त …

दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा रोकियो

९ मंसिर, सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

बुधबार भएको खेलमा दुई गोलको अग्रता बनाएको बागमतीले अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्‍यो। बागमतीका एलिक श्रेष्ठले खेलको ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए।

तर कोशीले खेलको अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै बराबरी गर्‍यो। कोशीका मिलन राईले ७५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने ७८औँ मिनेटमा पदम भट्टराईले अर्को गोल थपे।

दोस्रो हाफमा दुवै टोलीले गोलका थप अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। खेलमा कोशीका पदम भट्टराई र सविन घिमिरे तथा बागमतीका सञ्जीव अर्यालले पहेँलो कार्ड पाए।

प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछन्। बिहान ९ बजे कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो २:३० बजे सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेश प्रदेश भिड्नेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2h ago
दसौं राष्ट्रिय खेलकुद : कोशी र बागमतीले बाँडे अंक

दसौं राष्ट्रिय खेलकुद : कोशी र बागमतीले बाँडे अंक

कोशी र बागमतीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

#गोल #बागमती #बराबरी
Compare →
Hamro Patro News
15h ago
म्यानचेस्टर सिटी र नेपोलीबिच २-२ गोलको रोमाञ्चक बराबरी

म्यानचेस्टर सिटी र नेपोलीबिच २-२ गोलको रोमाञ्चक बराबरी

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत भएको रोमाञ्चक खेलमा म्यानचेस्टर सिटी र इटालियन क्लब नेपोलीले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा दुवै टोलीले...

#गोल #बराबरी
Compare →
Nagarik News
2d ago
कोशी प्रदेशका यातायात कार्यालयबारे संसदीय समितिले अध्ययन गर्ने

कोशी प्रदेशका यातायात कार्यालयबारे संसदीय समितिले अध्ययन गर्ने

कोशी प्रदेश सरकारका यातायात कार्यालयको प्रभावकारिताबारे प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले अध्ययन गर्ने भएको छ।

#कोशी
Compare →
Bizshala
2d ago
बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती...

#बागमती
Compare →

Related Stories

World News
Build #2625