९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बागमती प्रदेश संयोजकको जिम्मेवारी राजु श्रेष्ठलाई दिएको छ । उनी कांग्रेसको बागमती प्रदेश कार्यसमितिका महामन्त्री हुन् ।
देउवा पक्षको १५ औं नियमित महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनको तयारी गर्न संयोजकको जिम्मेवारी श्रेष्ठलाई सुम्पिएको हो ।
देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले श्रेष्ठलाई लिखित रूपमा प्रदेश संयोजकको जिम्मेवारी सुम्पिएका छन् ।