Trending
Prev Story
Next Story

हङकङमा देउवा पक्षको कार्यक्रम : रास्वपाका नेता प्रमुख अतिथि

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
7
7 reads 0 reactions

९ मंसिर, काठमाडौं । १५औं महाधिवेशन छुट्टै गर्न लागेको नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिको अधिवेशन धमाधम गरिरहेको छ । देउवा समर्थितले जनसम्पर्क समिति हङकङले अधिवेशनको मिति आजका लागि तय …

हङकङमा देउवा पक्षको कार्यक्रम : रास्वपाका नेता प्रमुख अतिथि

९ मंसिर, काठमाडौं । १५औं महाधिवेशन छुट्टै गर्न लागेको नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिको अधिवेशन धमाधम गरिरहेको छ ।

देउवा समर्थितले जनसम्पर्क समिति हङकङले अधिवेशनको मिति आजका लागि तय गरेको थियो । नयाँ नेतृत्व चयन गर्ने अधिवेशनको अतिथिमा पूर्व सभापति देउवा पत्नी डा.आरजु राणा देउवा थिइन् । १४ महिनादेखि राजनीतिक कार्यक्रममा सहभागी नभएकी उनी बुधबार पार्टी अधिवेशनमा संलग्न भइन् ।

देउवा पक्षको अधिवेशनबाट धरानका नारद राईलाई हङकङस्थित जनसम्पर्क समिति सभापतिमा चयन गरिएको छ । जनसम्पर्क समितिमा रहेका र देउवातर्फ रहेकाहरूले राईको नेतृत्वमा नयाँ समिति बनाएका हुन् ।

अधिवेशनपछि नवनिर्वाचित समितिलाई बधाई र शुभकामना कार्यक्रमको आयोजना गरिएको थियो । बधाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथि भने गैरकांग्रेस थिए ।

हङकङमा रहेर रास्वपाको राजनीतिमा क्रियाशील व्यक्तिलाई देउवा पक्षको कार्यक्रममा प्रमुख अतिथि बनाइएको हो । हङकङको जोर्डस्थित याक एण्ड यतिमा राखिएको कार्यक्रममा रास्वपा समर्थित हङकङ नेप्लिज डायोस्पोरा एसोसिएसनका अध्यक्ष झम बहादुर गुरुङ प्रमुख अतिथि थिए । जुनसुकै दलका भएपनि नेपाली समुदायमा अग्रज सामाजिक कार्यकर्ता भएकाले गुरुङलाई प्रमुख अतिथि बनाइएको सभापतिमा निर्वाचित नारद राईले बताए ।

हङकङ नेपाली फेडेरेसनका महासचिव बबिन्द्र थाम्सुहाङ, प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिति हङकङका सचिव राजपति गुरुङ, राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज हङकङका अध्यक्ष तुलसी उप्रेती, कृति चिल्ड्रेन सेन्टर हङकङका संस्थापक निर्देशक पुस्पा गुरुङ, चितवन समाज हङकङका सचिव जिएम घले, लालिगुँरास एसोसिएसन हङकङका अध्यक्ष चेतन गुरुङ, द एचके इथ्निक माइनोरिटी फाउण्डेशन लिमिटेडका हङकङका अध्यक्ष सिला घमाल, कम्युनिटी सपोटर एडभाइजर हङकङका आशा राईलगायतले बधाई तथा शुभकामना दिएका थिए ।

१४ महिनापछि राजनीतिक कार्यक्रममा देखिइन् आरजु

फागुन २१ गतेको चुनाव हुनु ठिक एक साता अघि पूर्व सभापति देउवा उपचारका लागि सिंगापुर गएका थिए । देउवा पत्नि राणा भने भारत हुँदै सिंगापुर पुगेका थिए ।

चैतमा देउवा दम्पत्ति थप उपचारका लागि भन्दै हङकङ पुगे । गत साउनको २८ गते देउवा नेपाल फर्के । आरजु भने हङकङमै रहिन् । देउवा नेपाल फर्केपछि आफ्नो समूहको राजनीतिमा विस्तारै क्रियाशील हुन सुरु गरे ।

कांग्रेसको मुद्दामा देउवाले वारेसमार्फत पुनरावलोकनको निवेदन दिएका थिए । उक्त मुद्दामा पुन: बहस गर्नेगरी सर्वोच्च अदालतले निस्सा दियो ।

अदालतको मुद्दाबाट हौसिएको देउवा समूहले छुट्टै महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याएर तल्लो तहको अधिवेशन गरिरहेको छ । त्यसै अन्तर्गत विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिमा पनि देउवा समूहले समानान्तर अधिवेशन गरिरहेको छ ।

आज देउवा समूहले जनसम्पर्क समितिको अधिवेशन गर्‍यो । आरजु उक्त अधिवेशनमा सहभागी भइन् । नवगठित जनसम्पर्क समिति हङकङलाई देउवा पक्षीय महाधिवेशनका संयोजक डा. शशांक कोइरालाले हङकङको जनसम्पर्क समितिलाई पत्राचार समेत गर्दै निर्देशन दिएअनुसार राईको नेतृत्वमा नयाँ समिति गठन गरेको सल्लाहकार टंक रानाले बताए ।

उनकाअनुसार देउवा पक्षीय राष्ट्रिय भेलाको निर्देशन अनुसार १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिको गत भदौ १७ र १८ मा बसेको बैठकले मंसिर २१ देखि २३ गते काठमाण्डौमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने भएकाले हङकङको जनसम्पर्क समिति सक्रिय भएको हो ।

नारद राईको नेतृत्वमा गठित सम्पर्क कमिटीमा उपसभापति लोकराज लिम्बू, महामन्त्रीमा योगेन्द्र देउवा, सचिवमा विक्रम आले मगर, कोषाध्यक्षमा प्रसुन थापा, सहकोषाध्यक्षमा सुरेन्द्र लिम्बू र सदस्यहरुमा अमोद तुलाधर, कुनाल सुनुवार चयन भएका छन् ।

पूर्व सभापति देउवाले समेत कांग्रेसको जनसम्पर्क समिति हङकङको १५औं नियमित महाधिवेशन समारोहलाई लिखित शुभकामना दिदै निर्देशनात्मक सन्देश पठाएका थिए ।

देउवाको सन्देश हङकङ नेपाली महासंघका पुर्व अध्यक्ष तथा कृति चिल्ड्रेनका बोर्ड डाइरेक्टर टंक रानाले पढेर सुनाएका थिए ।

नेपाली कांग्रेसको वृहत्तर एकता, संगठनात्मक सृदृढिकरण र पार्टीको हितलाई सर्वोपरी राख्दै आपसी सद्भाव, सहकार्य र एकताका साथ सक्रिय भूमिका निर्वाह गर्न निर्देशन समेति दिएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, साँझसम्म नयाँ नेतृत्व चयनको तयारी

देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, साँझसम्म नयाँ नेतृत्व चयनको तयारी

नेपाली कांग्रेसको देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज दाङको भालुवाङमा सुरु हुँदैछ। अधिवेशनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, डा. शशांक कोइराला, एनपी साउद, विमलेन्द्र निधि...

#शेरबहादुर-देउवा #अधिवेशन #देउवा
Compare →
Nagarik News
2d ago
देउवालाई नेपालगन्जमा कार्यकर्ताको स्वागत

देउवालाई नेपालगन्जमा कार्यकर्ताको स्वागत

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई नेपालगन्जमा कार्यकर्ताले स्वागत गरेका छन्।

#शेरबहादुर-देउवा #अधिवेशन #देउवा
Compare →
Ekantipur
1d ago
देउवा पक्षको कांग्रेस लुम्बिनी प्रदेश समिति सर्वसम्मत, रोज राणा बने सभापति

देउवा पक्षको कांग्रेस लुम्बिनी प्रदेश समिति सर्वसम्मत, रोज राणा बने सभापति

लुम्बिनीका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि अधिवेशनमा सहभागी थिए ।

#अधिवेशन #देउवा #पक्षको
Compare →

Related Stories

Politics & Governance
Build #2625