Trending
Prev Story
Next Story

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

Arthasansar •
November 25, 2026 • 12:06 PM
4
4 reads 0 reactions

नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड प्राप्त गरेको छ। बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्यूइङ’ (Excellence...

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड प्राप्त गरेको छ। बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्यूइङ’ (Excellence in Contactless – Issuing) र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ (Excellence in E-Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेको हो।

काठमाण्डौस्थित मेरियट होटलमा सोमबार आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा बैंकका प्रतिनिधिले उक्त अवार्ड ग्रहण गरेका थिए। यसअघि पनि बैंकले यी विधामा अवार्ड प्राप्त गर्दै आएको जनाएको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अवार्डले ग्राहकको सुविधा र सहजतालाई प्राथमिकतामा राख्दै नवीन प्रविधि तथा सेवाको विकासमा थप प्रोत्साहन मिलेको बताए।

‘यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन हामीलाई थप प्रेरणा दिएको छ,’ ज्ञवालीले भने।

भिसा इन्टरनेशनल अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी हो। नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास तथा विस्तारमा सहयोग पुर्‍याउँदै आएको भिसाले हरेक वर्ष ‘भिसा लिडरसिप कन्क्लेभ’ आयोजना गर्दै आएको छ। चार दशकभन्दा लामो बैंकिङ अनुभव बोकेको नबिल बैंकले नवीन प्रविधिमार्फत बैंकिङ सेवालाई सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको जनाएको छ।बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणाअन्तर्गत ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माणमा जोड दिँदै आएको छ। हाल नबिल बैंकले देशभरका २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
31m ago
नबिल बैंकलाई भिसा इन्टरनेशनलबाट दुई प्रतिष्ठित अवार्ड

नबिल बैंकलाई भिसा इन्टरनेशनलबाट दुई प्रतिष्ठित अवार्ड

काठमाण्डौ । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड प्राप्त गरेको छ। बैंकले यस...

#अवार्ड #विधा #नबिल
Compare →
Hamro Patro News
23h ago
सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलका दुई उत्कृष्टता अवार्ड

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलका दुई उत्कृष्टता अवार्ड

काठमाडौं । सिद्धार्थ बैंक भिसा इन्टरनेशनलबाट प्रदान गरिने दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै भिसाले बैंकलाई दुई विधामा अवार्ड प्रदान गरेको हो ।...

#अवार्ड #भिसा #इन्टरनेशनल
Compare →
Onlinekhabar
1w ago
सबैभन्दा बढी कर तिर्ने बैंकमा नबिल नवौँ पटक सम्मानित

सबैभन्दा बढी कर तिर्ने बैंकमा नबिल नवौँ पटक सम्मानित

१ मंसिर, काठमाडौं । नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ। नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक …

#नबिल #सम्मानित
Compare →
Nagarik News
1w ago
नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।

#नबिल #सम्मानित
Compare →
Ekantipur
1d ago
नबिल बैंक र धुलिखेल अस्पतालले बनाए ‘बर्न केयर वार्ड’

नबिल बैंक र धुलिखेल अस्पतालले बनाए ‘बर्न केयर वार्ड’

नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले संयुक्त रूपमा नबिल बर्न केयर वार्डको उद्घाटन गरे ।

#नबिल
Compare →

Related Stories

Business & Economy
Build #2625