Trending
Prev Story
Next Story

नबिल बैंकलाई भिसा इन्टरनेशनलबाट दुई प्रतिष्ठित अवार्ड

Bizshala •
November 25, 2026 • 01:10 PM
5
5 reads 0 reactions

काठमाण्डौ । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड प्राप्त गरेको छ। बैंकले यस...

नबिल बैंकलाई भिसा इन्टरनेशनलबाट दुई प्रतिष्ठित अवार्ड

काठमाण्डौ । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड प्राप्त गरेको छ। बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्यूइङ’ (Excellence in Contactless – Issuing) र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ (Excellence in E-Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेको हो।

काठमाण्डौस्थित मेरियट होटलमा सोमबार आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा बैंकका प्रतिनिधिले उक्त अवार्ड ग्रहण गरेका थिए। यसअघि पनि बैंकले यी विधामा अवार्ड प्राप्त गर्दै आएको जनाएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अवार्डले ग्राहकको सुविधा र सहजतालाई प्राथमिकतामा राख्दै नवीन प्रविधि तथा सेवाको विकासमा थप प्रोत्साहन मिलेको बताए।

‘यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन हामीलाई थप प्रेरणा दिएको छ,’ ज्ञवालीले भने।

भिसा इन्टरनेशनल अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी हो। नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास तथा विस्तारमा सहयोग पुर्‍याउँदै आएको भिसाले हरेक वर्ष ‘भिसा लिडरसिप कन्क्लेभ’ आयोजना गर्दै आएको छ।

चार दशकभन्दा लामो बैंकिङ अनुभव बोकेको नबिल बैंकले नवीन प्रविधिमार्फत बैंकिङ सेवालाई सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको जनाएको छ।

बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणाअन्तर्गत ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माणमा जोड दिँदै आएको छ।

हाल नबिल बैंकले देशभरका २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
2h ago
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड प्राप्त गरेको छ। बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्यूइङ’ (Excellence...

#अवार्ड #नबिल #भिसा
Compare →
Hamro Patro News
1d ago
सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलका दुई उत्कृष्टता अवार्ड

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलका दुई उत्कृष्टता अवार्ड

काठमाडौं । सिद्धार्थ बैंक भिसा इन्टरनेशनलबाट प्रदान गरिने दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै भिसाले बैंकलाई दुई विधामा अवार्ड प्रदान गरेको हो ।...

#अवार्ड #भिसा #बैंकलाई
Compare →
Onlinekhabar
3w ago
जीवन सुनुवारको ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

जीवन सुनुवारको ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

काठमाडौं फिल्म फेस्टिभलमा ‘सर्ट फिल्म च्यालेन्ज’ अवार्ड जीवन सुनुवार निर्देशित ‘भकुण्डे भुत’ले जितेको छ ।  ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा प्राप्त भएका सर्ट भिडियोमध्ये निर्णायक मण्डलबाट छानिएका परम्परागत विश्वाश तथा रहस्यमा आधारित ४ मिनेट ५५ को …

#अवार्ड #प्राप्त
Compare →
Nagarik News
6h ago
विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त वार्ड स्थापना गरिएको हो।

#नबिल
Compare →
Ekantipur
1d ago
नबिल बैंक र धुलिखेल अस्पतालले बनाए ‘बर्न केयर वार्ड’

नबिल बैंक र धुलिखेल अस्पतालले बनाए ‘बर्न केयर वार्ड’

नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले संयुक्त रूपमा नबिल बर्न केयर वार्डको उद्घाटन गरे ।

#नबिल
Compare →

Related Stories

Business & Economy
Build #2625