Trending
Prev Story
Next Story

मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

Bizshala •
November 25, 2026 • 01:10 PM
5
5 reads 0 reactions

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा...

मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकको एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ।

बैंकका अनुसार अस्पतालका विभिन्न सेवा तथा सुविधामा १० देखि २० प्रतिशतसम्म छुट पाइनेछ।

त्यसैगरी, मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई न्यूनतम ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउनेछ।

यसअन्तर्गत प्रोफेसनल लोन, होम लोन, अटो लोन, व्यावसायिक कर्जालगायत अन्य सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ।

यस सहकार्यबाट बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्नेछन् भने अस्पतालका कर्मचारी तथा उनीहरूका परिवारले सहज र प्राथमिकतायुक्त बैंकिङ सुविधा उपयोग गर्न सक्नेछन्।

सम्झौताले दुवै संस्थाबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै स्वास्थ्य र वित्तीय सेवाबीचको सहकार्य विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्मा विरूद्धको रिटमा कारण देखाउ आदेश

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्मा विरूद्धको रिटमा कारण देखाउ आदेश

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ। बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरे...

#विकास
Compare →
Arthasansar
7h ago
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा देशका ९ स्थानमा रक्तदानसहित सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा देशका ९ स्थानमा रक्तदानसहित सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम

गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम सहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक...

#विकास
Compare →
Ekantipur
1d ago
दसौं राष्ट्रिय खेलकुद : विकास कुमालले बनाए पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान

दसौं राष्ट्रिय खेलकुद : विकास कुमालले बनाए पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान

उनले ५० मिटर ब्रेस्टस्ट्रोकमामा ३० दशमलव ६४ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको पुरानो कीर्तिमानमा सुधार गरेका हुन् ।

#विकास
Compare →
Nagarik News
3d ago
संरक्षण र पूर्वाधार विकासको पर्खाइमा सन्तानेश्वर मन्दिर

संरक्षण र पूर्वाधार विकासको पर्खाइमा सन्तानेश्वर मन्दिर

बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल भए पनि आवश्यक संरक्षण र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ।

#विकास
Compare →
Onlinekhabar
5d ago
नियमित स्वास्थ्य परीक्षण गर्न शिक्षण अस्पताल पुगे राष्ट्रपति

नियमित स्वास्थ्य परीक्षण गर्न शिक्षण अस्पताल पुगे राष्ट्रपति

९ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर स्वास्थ्य जाँच गराएका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बुधबार नियमित स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेको जानकारी दिए । त्रिवि शिक्षण …

#शिक्षण
Compare →

Related Stories

Health & Wellness
Build #2625