Trending
Prev Story
Next Story

भिसा इन्टरनेसनलबाट कुमारी बैंकलाई दुई विधामा सम्मान

Arthasansar •
November 25, 2026 • 07:06 AM
5
5 reads 0 reactions

भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा कुमारी बैंक लिमिटेडको सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय क्षेत्रमा हासिल गरेको...

भिसा इन्टरनेसनलबाट कुमारी बैंकलाई दुई विधामा सम्मान

भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा कुमारी बैंक लिमिटेडको सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय क्षेत्रमा हासिल गरेको उल्लेखनीय कार्यसम्पादनलाई उच्च रूपमा मूल्याङ्कन गर्दै सम्मान गरिएको छ ।

विगतका वर्षहरूमा झैँ यस वर्ष पनि कुमारी बैंक Excellence in Cross-Border Business तथा Excellence in Consumer Credit Cards Business Principal Client विधामा सम्मानित भएको छ । लगातार तीन वर्ष देखी प्राप्त गरेको उक्त सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवद्र्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामार्फत कुमारी बैंकले हासिल गरेको व्यवसायिक उत्कृष्टतालाई प्रतिबिम्बित गरेको छ ।

डिजिटल भुक्तानी प्रणालीले विश्वव्यापी रूपमा कारोबार, यात्रा तथा वित्तीय पहुँचको स्वरूप परिवर्तन गरिरहेको वर्तमान परिवेशमा कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई सुरक्षित, सहज तथा नवीन भुक्तानी समाधान उपलब्ध गराउँदै आएको छ । विशेषगरी भिसा कार्डमार्फत प्रदान गरिएका सेवाहरू तथा अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी सुविधाहरूलाई थप प्रभावकारी बनाउने दिशामा बैंक निरन्तर सक्रिय रहेको छ ।

स्थापनाकालदेखि नै बैंकिङ्ग सेवामा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको कुमारी बैंकले डिजिटल बैंकिङ्ग, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई निरन्तरता दिएको छ । आगामी दिनहरूमा पनि ग्राहकहरूको आवश्यकता अनुरूप थप उन्नत, सुरक्षित तथा विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै डिजिटल रूपान्तरणको यात्रालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता बैंकद्वारा व्यक्त गरिएको छ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २७९ शाखा सञ्जाल, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ्ग इकाइहरूमार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक, सहज तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । साथै, डिजिटल बैंकिङ्ग तथा भुक्तानी सेवाको पहुँच विस्तार गरी वित्तीय समावेशीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1h ago
भिसाबाट कुमारी बैंकलाई दुई विधामा उत्कृष्टताको सम्मान, लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय अवार्ड

भिसाबाट कुमारी बैंकलाई दुई विधामा उत्कृष्टताको सम्मान, लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय अवार्ड

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेसनलबाट दुई विधामा उत्कृष्टताको सम्मान प्राप्त गरेको छ।

#कुमारी #भिसा #सम्मान
Compare →
Hamro Patro News
18h ago
सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलका दुई उत्कृष्टता अवार्ड

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलका दुई उत्कृष्टता अवार्ड

काठमाडौं । सिद्धार्थ बैंक भिसा इन्टरनेशनलबाट प्रदान गरिने दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै भिसाले बैंकलाई दुई विधामा अवार्ड प्रदान गरेको हो ।...

#भिसा #कार्ड #बैंकलाई
Compare →
Onlinekhabar
5d ago
प्रोटोन ईमास-७ ले पायो एसेन एनक्याप अवार्ड्समा सुरक्षा विधाको अन्तर्राष्ट्रिय सम्मान

प्रोटोन ईमास-७ ले पायो एसेन एनक्याप अवार्ड्समा सुरक्षा विधाको अन्तर्राष्ट्रिय सम्मान

३ मंसिर, काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ईमास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा सुरक्षा विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। नोभेम्बर १० मा सम्पन्न अवार्ड समारोहमा ईमास ७ ले …

#सम्मान #विधा
Compare →
Nagarik News
16h ago
एनपिएलमा चम्किएका ढकाल गृह जिल्लामा सम्मानित, पाए लाखौँ रुपैयाँ पुरस्कार

एनपिएलमा चम्किएका ढकाल गृह जिल्लामा सम्मानित, पाए लाखौँ रुपैयाँ पुरस्कार

चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद रु दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन्।

#सम्मान
Compare →
Ekantipur
18h ago
सफ्टी हाइजिनलाई लगातार दोस्रो वर्ष उत्कृष्ट करदाता सम्मान

सफ्टी हाइजिनलाई लगातार दोस्रो वर्ष उत्कृष्ट करदाता सम्मान

सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उद्योग वाणिज्य संघ हेटौडाका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईलगायतले सम्मान गरेका थिए ।

#सम्मान
Compare →

Related Stories

Business & Economy
Build #2621