Trending
Prev Story
Next Story

प्रोटोन ईमास-७ ले पायो एसेन एनक्याप अवार्ड्समा सुरक्षा विधाको अन्तर्राष्ट्रिय सम्मान

Onlinekhabar •
November 19, 2026 • 12:31 PM
2
2 reads 0 reactions

३ मंसिर, काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ईमास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा सुरक्षा विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। नोभेम्बर १० मा सम्पन्न अवार्ड समारोहमा ईमास ७ ले …

प्रोटोन ईमास-७ ले पायो एसेन एनक्याप अवार्ड्समा सुरक्षा विधाको अन्तर्राष्ट्रिय सम्मान

३ मंसिर, काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ईमास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा सुरक्षा विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। नोभेम्बर १० मा सम्पन्न अवार्ड समारोहमा ईमास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा सम्मान जितेको हो।

यस उपलब्धिले ईमास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रणाली तथा सडक सुरक्षालाई प्राथमिकता दिने प्रोटोनको प्रयासलाई थप उजागर गरेको कम्पनीले जनाएको छ।

ईमास ७ मा विभिन्न सडक तथा सवारी सञ्चालन अवस्थालाई ध्यानमा राखेर सुरक्षा र चालक सहायता प्रविधिहरू समावेश गरिएका छन्। यसको २०२६ मोडलमा थप सुविधाका रूपमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट उपलब्ध गराइएको छ। यी प्रविधिले सम्भावित जोखिम पहिचान गर्न तथा आवश्यक अवस्थामा चालकलाई सवारी नियन्त्रणमा थप सहयोग पुर्‍याउँछन्।

अन्तर्राष्ट्रिय सुरक्षा सम्मान प्राप्त गरेको ईमास ७ ले मलेसियाको विद्युतीय सवारी बजारमा पनि उल्लेख्य उपस्थिति जनाएको छ। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म यस मोडलका पाँच हजार ५७९ युनिट बिक्री भएका छन्। अक्टोबर महिनामा मात्रै यसको बिक्री ६१६ युनिट रहेको थियो।

यसै अवधिमा प्रोटोन ईमासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएका छन्। उक्त बिक्री तथ्यांकले मलेसियामा प्रोटोनका विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको देखाउँछ।

नेपालमा प्रोटोन ईमास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत बिक्री वितरण हुँदै आएको छ। नेपाली बजारमा यो विद्युतीय एसयूभी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। आधुनिक डिजाइन, प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न विशेषतासहितको ईमास ७ मा यात्रुको सुविधा र उपयोगितालाई ध्यानमा राखेर विभिन्न प्रविधि समावेश गरिएको छ।

यसमा सामान व्यवस्थित राख्नका लागि ३३ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन्। त्यस्तै, भेहिकल टु लोड ९भीटुएल० सुविधामार्फत गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ। यसले यात्राका क्रममा आवश्यक विद्युतीय उपकरण प्रयोग गर्न तथा विभिन्न प्रयोजनमा सवारीको ब्याट्रीबाटै विद्युत् उपलब्ध गराउन सहज बनाउँछ।

ईमास ७ मा रहेको ७ एनएम इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल तथा मनोरञ्जनसम्बन्धी सुविधालाई सहज र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ।

सुरक्षा प्रविधिमा अन्तर्राष्ट्रिय सम्मान, मलेसियाली बजारमा बिक्री उपस्थिति र नेपाली बजारमा उपलब्ध आधुनिक सुविधासहित प्रोटोन ईमास ७ ले विद्युतीय एसयूभी बजारमा आफ्नो पहिचान विस्तार गरिरहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2d ago
राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

काठमाडौं। राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा...

#सम्मान #विधा
Compare →
Ekantipur
7h ago
राष्ट्रिय भेलामा अध्यक्ष ओलीले राखे सुरक्षा चासो

राष्ट्रिय भेलामा अध्यक्ष ओलीले राखे सुरक्षा चासो

एक व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए ।

#सुरक्षा
Compare →
Hamro Patro News
1d ago
कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल ब्याजदर कम, तरलता पर्याप्त, सञ्चिति बलियो, तैपनि किन लगानी बढेन ? कर दिवसमा सम्मानित कम्पनीहरूले नै उच्च कर र नीतिगत अनिश्चिततालाई कारण औंल्याए । मंसिर १...

#सम्मान
Compare →
Nagarik News
1d ago
वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक सुरक्षा सुनिश्चित गर्न एनआरएनए र सामाजिक सुरक्षा कोषबीच छलफल

वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक सुरक्षा सुनिश्चित गर्न एनआरएनए र सामाजिक सुरक्षा कोषबीच छलफल

मंगलबार सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मी र उनको टोलीसँग एनआरएनएका मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठसहितको टोलीले भेटवार्ता गरेको थियो।

#सुरक्षा
Compare →
Arthasansar
2d ago
राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

आज राष्ट्रिय कर दिवस । यो सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक...

#सम्मान
Compare →

Related Stories

World News
Build #2612