Trending
Prev Story
Next Story

राष्ट्रिय भेलामा अध्यक्ष ओलीले राखे सुरक्षा चासो

Ekantipur •
November 19, 2026 • 05:02 AM
3
3 reads 0 reactions

एक व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए ।

राष्ट्रिय भेलामा अध्यक्ष ओलीले राखे सुरक्षा चासो

एक व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए ।

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताए । ओलीले आफूहरू बसिरहेको स्थानसम्म एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे । ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै उनले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए ।

‘बैठकलाई पूर्ण रूपमा शान्त, अनुशासित र मर्यादित बनाउनुपर्छ । आपसी भेटघाट र कुराकानीका लागि खाना खाने, खाजा तथा विश्रामको समय प्रयोग गरौँ, बैठकको समय होइन । सुरक्षाका दृष्टिले स्वयंसेवक साथीहरूले पनि विशेष ध्यान दिनुपर्छ। अपरिचित व्यक्तिको प्रवेश, भेटघाट र आवतजावतलाई व्यवस्थित गर्नुपर्छ,' उनले भने, 'सबै प्रतिनिधि तथा नेताहरूले आफ्नो परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्छ ।’

बैठकका बेला अनावश्यक कुराकानी नगर्न र पूर्ण शान्त वातावरण कायम गर्न पनि ओलीले निर्देशन दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4h ago
एमाले राष्ट्रिय भेलाको दोस्रो दिन आज, ओलीले १५ कामबारे प्रशिक्षण दिने

एमाले राष्ट्रिय भेलाको दोस्रो दिन आज, ओलीले १५ कामबारे प्रशिक्षण दिने

नेकपा एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुँदैछ।

#ओली #भेला
Compare →
Hamro Patro News
21h ago
राष्ट्रिय भेलामा महासचिव पोखरेलको प्रतिवेदन- राजनीतिक मतभेदलाई विरोधका रूपमा बुझ्न हुँदैन

राष्ट्रिय भेलामा महासचिव पोखरेलको प्रतिवेदन- राजनीतिक मतभेदलाई विरोधका रूपमा बुझ्न हुँदैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेले पार्टी सुदृढीकरणको उद्देश्य कसैलाई निषेध गर्नु नभएको बताएका छन्। राष्ट्रिय भेलालाई प्रस्ताव पेश गर्दै एकै प्रकृतिको घटनामा दोहोरो मापदण्डको प्रयोग गर्न...

#बताए #भेला
Compare →
Onlinekhabar
15h ago
राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

२ मंसिर, काठमाडौं । देशभरका ३५ सय बढी नेता–कार्यकर्ताको भेला गरेर नेकपा एमालेका नेताहरूले अहिलेको संकटबाट पार्टी फेरि उठ्ने सन्देश दिएका छन् । भेलाको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले हेर्दाहेर्दै एमाले देशको नेतृत्वमा फर्कने विश्वास …

#भेला #ओली
Compare →
Bizshala
23h ago
विश्वभर सुरक्षा प्रणाली मजबुत बनाउँदै याङ्गो ग्रुप, ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

विश्वभर सुरक्षा प्रणाली मजबुत बनाउँदै याङ्गो ग्रुप, ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

काठमाण्डौ । दुबईमा मुख्यालय रहेको विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना मोबिलिटी सेवाहरूको सुरक्षा प्रणाली...

#सुरक्षा
Compare →

Related Stories

Politics & Governance
Build #2612