Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन दाहालको सुझाव

Ekantipur •
November 19, 2026 • 05:02 AM
3
3 reads 0 reactions

उनले नेपाल र भारतबीच विगतमा भएका सहमति तथा समझदारी कार्यान्वयनमा लैजान पनि प्रधानमन्त्री साहको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन दाहालको सुझाव

उनले नेपाल र भारतबीच विगतमा भएका सहमति तथा समझदारी कार्यान्वयनमा लैजान पनि प्रधानमन्त्री साहको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन सुझाव दिएका छन् । उनले नेपाल र भारतबीच विगतमा भएका सहमति तथा समझदारी कार्यान्वयनमा लैजान पनि प्रधानमन्त्री साहको ध्यानाकर्षण गराएका छन् ।

अखिल रुसी राजनीतिक दलको आयोजनामा भएको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले प्रधानमन्त्रीको भारत भ्रमणलाई राष्ट्रिय हित प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका हुन् ।

दाहालले आफू प्रधानमन्त्री हुँदा नेपाल र भारतबीच भएका छलफल तथा सहमतिका आधारमा अघि बढाइएका कामलाई वर्तमान प्रधानमन्त्रीले निष्कर्षमा पुर्‍याउने अपेक्षा गरेको बताए । विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई टुंगोमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

आफू प्रधानमन्त्री हुँदा पञ्चेश्वर परियोजनासम्बन्धी सहमति हस्ताक्षरको नजिक पुगेको उल्लेख गर्दै दाहालले त्यसलाई निष्कर्षमा पुर्‍याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने बताए । लामो समयदेखि चर्चामा रहेको उक्त परियोजनालाई अघि बढाउन प्रधानमन्त्री साहले भारत भ्रमणका क्रममा प्राथमिकताका साथ छलफल गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै, विद्युत् व्यापारसम्बन्धी त्रिपक्षीय सहमति कार्यान्वयन र कृषि क्षेत्रको विकासका लागि नेपाल तथा भारतबीच भएका समझदारीलाई पनि अघि बढाउनुपर्ने दाहालले बताए । विगतमा भएका सहमति कार्यान्वयनमा आए दुई देशबीचको सम्बन्ध थप सुदृढ हुनुका साथै नेपालको आर्थिक विकासमा पनि योगदान पुग्ने उनको भनाइ छ ।

'प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर छलफल हुनुपर्छ । नेपाल–भारत सम्बन्धमा मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा अघि बढाएका कामहरूलाई पूर्णता दिन म आग्रह गर्दछु । विशेषगरी पञ्चेश्वर परियोजनालाई अन्तिम निष्कर्षमा पुर्‍याउने, विद्युत् व्यापारसम्बन्धी त्रिपक्षीय सहमति कार्यान्वयन गर्ने र कृषि विकाससम्बन्धी समझदारीहरू अघि बढाउने अपेक्षा गरेको छु,' दाहालले भने ।

दाहालले वर्तमान सरकारका कामप्रति आफ्नो पार्टीको धारणा पनि स्पष्ट पारे । सरकारले राम्रो काम गरे समर्थन गर्ने तर गलत काम गरे आलोचना र खबरदारी गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री साहले आफूलाई कसरी प्रस्तुत गर्छन् भन्ने विषय जनताले मूल्यांकन गरिरहेको उल्लेख गर्दै दाहालले सरकारलाई सकारात्मक काम गर्न आग्रह गरे । राष्ट्रिय हितलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने उनको सुझाव छ ।

'प्रधानमन्त्रीले राम्रो काम गर्नुभयो भने हाम्रो सहयोग रहन्छ, तर राष्ट्रिय हितविपरीत काम भएमा हामी आलोचना गर्छौँ । राम्रो काममा हाम्रो साथ र गलत काममा खबरदारी रहन्छ,' उनले भने ।

दाहालले प्रधानमन्त्रीको भारत भ्रमणलाई दुई देशबीचका पुराना सहमति कार्यान्वयन गर्ने, राष्ट्रिय हितका विषयमा छलफल गर्ने र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि र औद्योगिक उत्पादनको बजार पहुँच प्राथमिकतामा राख्नुपर्छ : सुमित केडिया

प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि र औद्योगिक उत्पादनको बजार पहुँच प्राथमिकतामा राख्नुपर्छ : सुमित केडिया

काठमाडौं । आगामी आईतबार प्रधानमन्त्री बालेन शाह दुई दिनका लागि भारतको औपचारीक भ्रमणमा जाँदैछन् । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३० मिनेट एक्लाएक्लै भेट्ने कार्यक्रम तय भइसकेको छ ...

#प्रधानमन्त्रीको #भारत #भ्रमण
Compare →
Onlinekhabar
14h ago
भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

२ मंसिर, काठमाडौं । भारतमा सबैभन्दा बढी नेपाली श्रमिकले काम गर्छन्, तर यसपटक पनि प्रधानमन्त्रीको भ्रमणमा कामदारको विषय एजेन्डामा परेन । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक, आर्थिक, व्यापारिक तथा कूटनीतिक सम्बन्धका …

#प्रधानमन्त्रीको #भारत #भ्रमण
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्जको माग : दिल्ली सिधा उडानदेखि सुक्खा बन्दरगाहसम्म

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्जको माग : दिल्ली सिधा उडानदेखि सुक्खा बन्दरगाहसम्म

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ।

#प्रधानमन्त्रीको #भारत #भ्रमण
Compare →
Bizshala
12h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले भारतीय ऊर्जा एक्सचेन्जमा थप ६१५.०२ मेगावाट विद्युत्...

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612