Trending
Prev Story
Next Story

एमालेको राष्ट्रिय भेलाले नयाँ निर्णय गर्दैन, एकता र चुनावको सन्देश दिन्छ: ज्ञवाली

Nagarik News •
November 18, 2026 • 02:41 PM
1
1 reads 0 reactions

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बुधबारबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलाले नयाँ औपचारिक निर्णय नगर्ने तर आन्तरिक एकता र आगामी स्थानीय निर्वाचनको तयारीका लागि ऊर्जा प्रवाह गर्ने बताएका छन्।

एमालेको राष्ट्रिय भेलाले नयाँ निर्णय गर्दैन, एकता र चुनावको सन्देश दिन्छ: ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बुधबारबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलाले नयाँ औपचारिक निर्णय नगर्ने तर आन्तरिक एकता र आगामी स्थानीय निर्वाचनको तयारीका लागि ऊर्जा प्रवाह गर्ने बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले ११ औं महाधिवेशनपछिको यो सबैभन्दा ठूलो पार्टी उपस्थिति भएको बताए।

भेलाले निर्णय गर्ने अधिकार राख्दैन भन्दै ज्ञवालीले पार्टीका नीतिगत निर्णय राष्ट्रिय महाधिवेशन र दुई महाधिवेशनबीचमा केन्द्रीय कमिटी बैठकले मात्र गर्ने सुनाए।

‘केन्द्रमा अध्यक्षदेखि तल पालिका कमिटीका अध्यक्ष-उपाध्यक्ष र स्थानीय तहका जनप्रतिनिधि समेत सहभागी भएकाले यसले पार्टीमा नयाँ सिनर्जी र ऊर्जा निर्माण गर्छ,’ उनले भने।

ज्ञवालीका अनुसार राष्ट्रिय भेला मुख्यतया दुई उद्देश्यमा केन्द्रित छ। पहिलो, गत वर्ष भदौ २३-२४ को घटना, फागुन २१ को निर्वाचनमा बेहोर्नुपरेको धक्का र त्यसपछि करिब छ महिना चलेको पार्टी पुनर्गठन तथा नेतृत्वसम्बन्धी विवादलाई असोजमा सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकले टुंग्याएपछि बनेको एकताको सन्देश भुइँतहसम्म पुर्याउनु रहेको उनले बताए।

दोस्रो, आगामी चैत वा ढिलोमा वैशाखसम्म घोषणा हुनसक्ने स्थानीय तहको निर्वाचनमा सिंगो पार्टी पंक्तिलाई केन्द्रित गर्नु भेलाको लक्ष्य रहेको ज्ञवालीले जानकारी दिए।

तेस्रो केन्द्रीय कमिटी बैठकले तोकेका लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचनको तयारी गरी दुई अभिभारा पूरा गर्न भेलाले पार्टीलाई एकढिक्का बनाउने उनको भनाइ छ।

निर्वाचनको परिणामपछि नेतृत्व मात्रै दोषी हो कि भन्ने ढंगले करिब छ महिना पार्टीभित्र ध्रुवीकरण देखिएको स्वीकार गर्दै ज्ञवालीले तेस्रो बैठकमा दुई अलग प्रतिवेदन मिलाएर विवाद टुंग्याइएको बताए।

अध्यक्ष केपी ओलीले उक्त बैठकलाई ‘कट अफ डेट’ का रूपमा लिँदै त्यसअघिका आक्षेप र आरोप-प्रत्यारोप बिर्सन आग्रह गरेको उनले स्मरण गरे।

केन्द्रमा विवाद टुंगिए पनि बहस तल्लो तहसम्म पुगेकाले सिंगो पार्टी पंक्तिलाई एक ठाउँमा ल्याएर ‘पार्टीमा समस्या छैन’ भन्ने सन्देश दिन भेला आयोजना गरिएको ज्ञवालीले बताए।

पार्टी संकटमा परेका बेला दुवै प्रतिवेदन मिलाउन आफू जोडिन पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले आगामी स्थानीय निर्वाचन अध्यक्ष ओलीकै नेतृत्वमा लड्ने र राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गरे।

प्रकाशित: २ मंसिर २०८३ २०:२६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1h ago
राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

२ मंसिर, काठमाडौं । देशभरका ३५ सय बढी नेता–कार्यकर्ताको भेला गरेर नेकपा एमालेका नेताहरूले अहिलेको संकटबाट पार्टी फेरि उठ्ने सन्देश दिएका छन् । भेलाको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले हेर्दाहेर्दै एमाले देशको नेतृत्वमा फर्कने विश्वास …

#भेला #एमा #एमाले
Compare →
Ekantipur
7h ago
एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौं : केपी ओली

एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौं : केपी ओली

बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिला पनि कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा नपुगेको र अब फेरि सरकारमा फर्कने बताएका हुन् ।

#भेला #एमा #बुधबार
Compare →
Hamro Patro News
6h ago
एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

स्थानीय तह निर्वाचनको तयारी र पार्टीलाई सुदृढ बनाउने लक्ष्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिरुवामा पानी हा...

#भेला #एमा #एमाले
Compare →

Related Stories

Politics & Governance
Build #2612