काठमाडौँ । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी बुधबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय भेलामा सहभागी भएकी छन्। राष्ट्रपतिको कार्यकाल पूरा गरी पुनः सक्रिय राजनीतिमा फर्किएसँगै भण्डारी पार्टीका सङ्गठनात्मक गतिविधिमा सक्रिय देखिएकी हुन्।
गत असोज ८ गते एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठकबाट वरिष्ठ नेतामा प्रस्तावित तथा अनुमोदित भएपछि अध्यक्ष केपी शर्मा ओलीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। पार्टीको औपचारिक जिम्मेवारी सम्हालेपछि उनी यसअघि असोज १३ गते एमाले रूपन्देहीले बुटवल उपमहानगरपालिका–१० सुख्खानगरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएकी थिइन्।
Read full story at source ( hamrakura.com )