आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् ।
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् ।
त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने कार्यक्रम छ ।
भेलामा समसामयिक प्रस्तावहरू पारित गरिनेछ । दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ ।
यसैबीच, आजै दिउँसो ३ बजे कार्की ब्यांक्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको छ ।