Trending
Prev Story
Next Story

एभरेष्ट क्रिकेट क्लब टुवुम्बा लगातार तेस्रो पटक क्यूएनसीए च्याम्पियन

Ekantipur •
November 19, 2026 • 03:05 AM
2
2 reads 0 reactions

तीन महिनाभन्दा बढी समयसम्म सञ्चालन भएको प्रतियोगितामा एभरेष्टले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

एभरेष्ट क्रिकेट क्लब टुवुम्बा लगातार तेस्रो पटक क्यूएनसीए च्याम्पियन

तीन महिनाभन्दा बढी समयसम्म सञ्चालन भएको प्रतियोगितामा एभरेष्टले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

ब्रिस्बेन, अस्ट्रेलिया — एभरेष्ट क्रिकेट क्लब टुवुम्बाले क्वीन्सल्याण्ड नेपाली क्रिकेट संघ (क्यूएनसीए) द्वारा आयोजित क्यूएनसीए जिवाइडब्लू फाइनान्स विन्टर टी–२० कप २०२६ को उपाधि जितेको छ । एभरेष्टले लगातार तेस्रो पटक र समग्रमा पाँचौं पटक उपाधि जितेको हो ।

ब्रिस्बेनमा सम्पन्न फाइनलमा एभरेष्टले रोयल गोर्खाज क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको हो । तीन महिनाभन्दा बढी समयसम्म सञ्चालन भएको प्रतियोगितामा एभरेष्टले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

क्लबका कप्तान विक्रम सापकोटा प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भए । त्यस्तै, आयुष्मान बम प्लेयर अफ द सिरिज र फाइनलको उत्कृष्ट खेलाडी दुवै घोषित भए ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागिता जनाइरहेका क्लबका प्रमुख खेलाडी दिलीप नाथ र आदित्य महताको अनुपस्थितिमा पनि एभरेष्टले उपाधि जितेको हो ।

यस जितसँगै एभरेष्टले क्वीन्सल्याण्डको नेपाली क्रिकेट समुदायमा आफ्नो सफलता यात्रा थप बलियो बनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
19h ago
पुछारबाट च्याम्पियन हुँदै लगातार दोस्रो पटक फाइनलमा लुम्बिनी लायन्स

पुछारबाट च्याम्पियन हुँदै लगातार दोस्रो पटक फाइनलमा लुम्बिनी लायन्स

काठमाडौं : पहिलो सिजनको अन्तिम स्थानबाट दोस्रो सिजनमा उपाधि जितेको लुम्बिनी लायन्सले तेस्रो सिजनमा पनि आफ्नो लय कायम राखेको छ। खेलाडी छनोटमा निरन्तरता, नेपाली र विदेशी खेलाडीबीचको सन्तुलन तथा सामूह...

#लगातार #पटक #च्याम्पियन
Compare →
Onlinekhabar
1d ago
सबैभन्दा बढी कर तिर्ने बैंकमा नबिल नवौँ पटक सम्मानित

सबैभन्दा बढी कर तिर्ने बैंकमा नबिल नवौँ पटक सम्मानित

१ मंसिर, काठमाडौं । नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ। नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक …

#पटक
Compare →
Nagarik News
1d ago
नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।

#पटक
Compare →
Arthasansar
2d ago
निरन्तर कमजाेर बन्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स,  नाफा ५७ करोड ऋणात्मक

निरन्तर कमजाेर बन्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स, नाफा ५७ करोड ऋणात्मक

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बाढी पहिरो तथा आन्दोलनले...

#एभरेष्ट
Compare →

Related Stories

Sports
Build #2612