एभरेष्ट क्रिकेट क्लब टुवुम्बाले क्वीन्सल्याण्ड नेपाली क्रिकेट संघ (क्युएनसीए) आयोजित क्युएनसीए जीवाईडब्लु फिनान्स विन्टर टी २० कप क्रिकेटकाे उपाधि समग्रमा पाँचौं पटक च्याम्पियन जितेकाे छ ।
अस्ट्रेलिया — क्वीन्सल्याण्ड नेपाली क्रिकेट संघ (क्युएनसीए) आयोजित क्युएनसीए जीवाईडब्लु फिनान्स विन्टर टी २० कप क्रिकेटकाे उपाधि जित्दै एभरेष्ट क्रिकेट क्लब टुवुम्बा लगातार तेस्रो पटक तथा समग्रमा पाँचौं पटक च्याम्पियन बनेको छ ।
ब्रिस्बेनमा सम्पन्न फाइनल खेलमा एभरेष्टले रोयल गोर्खाज क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । तीन महिनाभन्दा बढी समयसम्म सञ्चालन भएको प्रतियोगितामा एभरेस्टले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रभुत्व कायम राख्न सफल भयो ।
क्लबका कप्तान विक्रम सापकोटा प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर घोषित भए भने प्रतिभाशाली खेलाडी आयुष्मान बम प्लेयर अफ द सिरिज तथा म्यान अफ द फाइनल दुवै उपाधि जित्न सफल भए ।
हाल नेपाल प्रिमियर लिगमा सहभागिता जनाइरहेका क्लबका प्रमुख खेलाडी दिलीप नाथ र आदित्य महताको अनुपस्थितिका बाबजुद एभरेस्ट क्रिकेट क्लब टुवुम्बाले उत्कृष्ट टोली प्रदर्शनका साथ च्याम्पियन बनेको हो ।
यस जितसँगै एभरेष्ट क्रिकेट क्लब टुवुम्बाले क्विन्सल्याण्डमा नेपाली क्रिकेट समुदायमाझ आफ्नो सफलताको यात्रा अझ बलियो बनाएको छ ।