फेमस नगरकोटीको विस्फोटक ब्याटिङप्रेरित राइजिङ स्टार्सले राइजिङ स्टार यू–१२ ब्वाइज क्रिकेट प्रतियोगितामा सीईसी भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ ।
काठमाडौं — फेमस नगरकोटीको विस्फोटक ब्याटिङप्रेरित राइजिङ स्टार्सले राइजिङ स्टार यू–१२ ब्वाइज क्रिकेट प्रतियोगितामा सीईसी भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको सीईसी भक्तपुरले २७.२ ओभरमा सबै विकेट गुमाएर १९८ रन बनाएको थियो । कृषभ निरौलाले ५६ रन र आकाश यादवले १८ रनको योगदान दिए । राइजिङ स्टार्सका जुथाङ आरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने रिसब एमले २ विकेट लिए ।
१९९ रनको लक्ष्य पछ्याएको राइजिङ स्टार्सले १६.४ ओभरमै ४ विकेट गुमाएर १९९ रन बनाएर जित हासिल गर्यो । राइजिङको जितका नायक फेमस नगरकोटी बने । उनले आक्रामक ब्याटिङ गर्दै ४६ बलमा अविजित १४७ रन बनाए । रिसव एमले १७ रन बनाएका थिए ।