Trending
Prev Story
Next Story

एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

Arthasansar •
November 17, 2026 • 08:36 AM
1
1 reads 0 reactions

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ९मंसिर १० कतार प्रस्थान गरेको छ...

एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ९मंसिर १० कतार प्रस्थान गरेको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बिदाइ गरेका हुन् ।

प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । क्यानले केही दिनअघि लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन् ।

प्रतियोगिता यही नोभेम्बर १९ देखि कतारमा आयोजना गरिँदै छ । नेपालले समूह चरणमा नोभेम्बर २० मा भारत ‘ए’, नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (यूएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज कतार प्रस्थान गरेको छ।

#एसिया #राइजिङ #स्टार्स
Compare →
Onlinekhabar
4h ago
एसिया कप राइजिङ स्टार्सका लागि नेपाली टोली कतार प्रस्थान, ५ खेलाडी एनपीएल खेलेर जाने

एसिया कप राइजिङ स्टार्सका लागि नेपाली टोली कतार प्रस्थान, ५ खेलाडी एनपीएल खेलेर जाने

काठमाडौं । यही नोभेम्बर १९ देखि कतारको दोहामा आयोजना हुने एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली कतार प्रस्थान गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको टोली मंगलबार कतार प्रस्थान गरेको …

#एसिया #कतार #प्रस्थान
Compare →
Hamro Patro News
1d ago
सन्दीपको कप्तानीमा एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली घोषणा

सन्दीपको कप्तानीमा एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली घोषणा

काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स, २०२६ का लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । कतारमा आयोजना हुने प्रतियोगितामा नेपाली टोलीको कप्तानी सन्दीप लामिछ...

#एसिया #राइजिङ #स्टार्स
Compare →
Ekantipur
18h ago
राइजिङ स्टार यू–१२ क्रिकेट भोलिदेखि

राइजिङ स्टार यू–१२ क्रिकेट भोलिदेखि

राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता भोलि १ मंसिरदेखि गोकर्णेश्वर मैदानमा हुने भएको छ ।

#राइजिङ
Compare →

Related Stories

Sports
Build #2612