Trending
Prev Story
Next Story

एनएफएल : नेपाल फुटबल लिग आयोजनालाई राखेपको सहमति

Ekantipur •
November 16, 2026 • 02:02 PM
4
4 reads 0 reactions

एनएफएल पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको आयाेजक एनएफएलले जनाएको छ ।

एनएफएल : नेपाल फुटबल लिग आयोजनालाई राखेपको सहमति

एनएफएल पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको आयाेजक एनएफएलले जनाएको छ ।

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल फुटबल लिग (एनएफएल) सञ्चालन गर्न  सैद्धान्तिक सहमति दिएको छ ।

नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण १ फागुनदेखि सञ्चालन हुने घोषणा भइसकेको छ ।

एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको एनएफएलले जनाएको छ ।

हाल लिगमा काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसी छन् । यसबाहेक एनएफएलले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ ।

लिगले विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौंडा, भक्तपुर, नेपालगन्ज र सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न आह्वान गरेको थियो ।

नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति ३० कात्तिक २०८३ तोकिएको थियो । तर, चाडपर्वको बिदा मध्यनजर गर्दै इच्छुक पक्षलाई आवश्यक तयारीका लागि थप समय उपलब्ध गराउन बोलपत्र पेस गर्ने अन्तिम मिति ४ मंसिरसम्म पु¥याइएको थियो । यो समयसीमा शुक्रबार सकिँदै छ ।

लिग रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना छ । तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
31m ago
एनएफएल सञ्चालनका लागि राखेपको सैद्धान्तिक सहमति

एनएफएल सञ्चालनका लागि राखेपको सैद्धान्तिक सहमति

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि स्वीकृतिको सैद्धान्तिक सहमति दिएको छ। नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगा...

#एनएफएल #फुटबल #राखेप
Compare →
Nagarik News
1d ago
हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

#फुटबल
Compare →

Related Stories

Sports
Build #2612