Trending
Prev Story
Next Story

रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

Ekantipur •
November 16, 2026 • 02:02 PM
4
4 reads 0 reactions

बेल्जियमका सर्वाधिक गोलकर्ता ३३ वर्षीय लुकाकुले राष्ट्रिय टोलीबाट १ सय ३५ खेल खेल्दै ९४ गोल गरेका छन् । उनले चार विश्वकप र तीन युरोपेली च्याम्पियनसिपमा बेल्जियमको प्रतिनिधित्व गरेका थिए ।

रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

बेल्जियमका सर्वाधिक गोलकर्ता ३३ वर्षीय लुकाकुले राष्ट्रिय टोलीबाट १ सय ३५ खेल खेल्दै ९४ गोल गरेका छन् । उनले चार विश्वकप र तीन युरोपेली च्याम्पियनसिपमा बेल्जियमको प्रतिनिधित्व गरेका थिए ।

काठमाडौँ — बेल्जियमका फरवार्ड रोमेलु लुकाकुले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् । उनले बेल्जियमका लागि १ सय ३५ खेल खेले र त्यसमा ९४ गोल गरे । उनले चार विश्वकप खेले । त्यसमध्ये पछिल्लो विश्वकपमा बेल्जियम क्वाटरफाइनलसम्म पुगेको थियो ।

अहिले टर्कीको फेनेरबाचेका लागि व्यावसायिक फुटबल खेलिरहेका ३३ वर्षीय लुकाकुले सन् २०१० मा बेल्जियमका लागि किशोर उमेरमा डेब्यु गरेका थिए । बेल्जियमले नेसन्स लिगमा इटालीमाथि ४–१ को जित निकाल्दा उनी बेन्चमै रहे ।

बेल्जियमका लागि कीर्तिमानी सर्वाधिक गोलकर्ता लुकाकुले इन्स्टाग्राममा लेखेका छन्, ‘पछिल्लो १६ वर्षमा मैले आफ्नो देशका लागि सक्दो सबै दिएँ । यो मेरो लागि खुसीको यात्रा रह्यो र मैले त्यसको प्रत्येक क्षण रमाएर बिताएँ ।’ उनले बेल्जियमका लागि चार विश्वकप र तीन युरोपेली च्याम्पियनसिप खेले ।

उनी भन्छन्, ‘बेल्जियमका लागि खेलेका कुनै पनि क्षण मैले कहिल्यै बिर्सने छैन । अहिले संन्यास लिने निर्णय शान्तिपूर्वक लिएको छु ।’ बेल्जियमको ‘स्वर्णिम पुस्ता’ का एक सदस्य लुकाकुले चेल्सी, म्यानचेस्टर युनाइटेड र इन्टर मिलानका लागि पनि खेले ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने

रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने

लन्डन, (एजेन्सी) विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ४१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने औपचारिक घोषणा गरेका छन् । सन् २००३ क...

#फुटबल #संन्यास
Compare →
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#फुटबल #संन्यास
Compare →
Nagarik News
1d ago
हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

#फुटबल
Compare →
Onlinekhabar
1w ago
उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य

उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य

अहिले नेपालमा चाडपर्वको माहोल छ । सबैभन्दा ठूलो चाड दसैं सकियो । तिहार अब सुरू हनै लागेको छ । ठिक यसै बेला नेपालमा फेस्टिभल अफ हिमालयजको रुपमा रहेको खेलकुदको ठूलो चाड नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट …

#फुटबल
Compare →

Related Stories

Sports
Build #2612