काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स, २०२६ का लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । कतारमा आयोजना हुने प्रतियोगितामा नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।
क्यानले अनुभवी तथा युवा खेलाडीको सम्मिश्रणसहित टोली सार्वजनिक गरेको हो । घोषित टोलीमा कप्तान लामिछानेसँगै कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, बसिर अहमद र लोकेश बम रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )