Trending
Prev Story
Next Story

उच्च करका दरले व्यवसायीलाई आर्थिक भार थप्यो : अन्जन श्रेष्ठ

Ekantipur •
November 17, 2026 • 06:02 AM
2
2 reads 0 reactions

दक्षिण एसियामै नेपालमा करदर उच्च रहेको उल्लेख गर्दै उनले आयातमुखी राजस्व र बढ्दो सार्वजनिक खर्चबीच सुधारको आवश्यकता औँल्याए।

उच्च करका दरले व्यवसायीलाई आर्थिक भार थप्यो : अन्जन श्रेष्ठ

दक्षिण एसियामै नेपालमा करदर उच्च रहेको उल्लेख गर्दै उनले आयातमुखी राजस्व र बढ्दो सार्वजनिक खर्चबीच सुधारको आवश्यकता औँल्याए।

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले वर्तमान अर्थतन्त्र चुनौतीपूर्ण घडीमा रहेको भन्दै यसलाई सहज बनाउन करका दरहरू पुनरावलोकन गर्न जोड दिएका छन् । उनले निजी क्षेत्र, सरकार र अर्थ प्रशासनबीचको सहकार्यबाटै विद्यमान चुनौतीहरू पार गर्न सकिने बताए ।

राष्ट्रिय कर दिवसको अवसर आयोजित कार्यक्रममा बोल्दै  अध्यक्ष श्रेष्ठले दक्षिण एसियाकै तुलनामा नेपालमा करको दर उच्च रहेको उल्लेख गर्दै यसले व्यवसायीहरूलाई थप आर्थिक भार पारेको बताए । व्यवसायीहरूलाई राहत दिन र व्यापारिक तथा औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्न करका दरहरू पुनरावलोकन गरी घटाउनुपर्ने उनको माग छ ।

राजस्व संकलनतर्फ संकेत गर्दै उनले राजस्व संकलनमा केही सकारात्मक संकेत देखिए पनि भ्याट (मूल्य अभिवृद्धि कर), आयकर र अन्तःशुल्कको वृद्धिदर तथा आयातमा आधारित राजस्वले अर्थतन्त्र अझै पनि आयातमुखी नै रहेको स्पष्ट पारेको बताए । राजस्व बढे तापनि बढ्दो सार्वजनिक खर्च धान्न अझै ठूलो चुनौती रहेको उनको भनाइ छ ।

कर प्रणालीमा सुधार गरेर मात्रै लगानी, उत्पादन र रोजगारी अभिवृद्धि गर्न तथा समग्र आर्थिक समृद्धिको आधार तयार पार्न सकिने उनले जनाए ।

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2612