Trending
Prev Story
Next Story

घाँसदाउरा गर्दै पढेकी २४ वर्षीया ज्योति बनिन् शाखा अधिकृत ‘टपर’

Ekantipur •
November 18, 2026 • 04:32 PM
7
7 reads 0 reactions

रामेछाप गोकुलगंगा बेतालीकी २४ वर्षीया ज्योति घिमिरेले लोकसेवा आयोगको शाखा अधिकृत ४१ ब्याचमा १६९ उम्मेदवारमध्ये प्रथम स्थान हासिल गरिन्।

घाँसदाउरा गर्दै पढेकी २४ वर्षीया ज्योति बनिन् शाखा अधिकृत ‘टपर’

रामेछाप गोकुलगंगा बेतालीकी २४ वर्षीया ज्योति घिमिरेले लोकसेवा आयोगको शाखा अधिकृत ४१ ब्याचमा १६९ उम्मेदवारमध्ये प्रथम स्थान हासिल गरिन्।

काठमाडौं — रामेछापको गोकुलगंगा गाउँपालिका–४, बेतालीस्थित जन जागृति माध्यमिक विद्यालयमा एसईईसम्म पढ्दा ज्योति घिमिरेले सायदै सोचेकी थिइन्, एक दिन हजारौं प्रतिस्पर्धीलाई उछिन्दै देशकै प्रशासनिक संयन्त्रमा प्रवेश गर्ने कठिन परीक्षामा सर्वोत्कृष्ट हुने।

गाउँको सामान्य परिवेश, जहाँ तन्नेरीहरू कि त खाडी मुलुक जाने सपना बुन्छन् कि आर्मी र प्रहरीको बर्दी लगाउने धोको राख्छन्। त्यही फाैजी बन्ने परम्परा भएको गाउँबाट लोकसेवाको कठिन बाटो रोजेकी २४ वर्षीया ज्योति अहिले लोकसेवा आयोगको शाखा अधिकृत (ब्याच ४१) को खुला तथा समावेशीतर्फ सफल १ सय ६९ उम्मेदवारमध्ये प्रथम भएर सिंगो देशको ध्यान तान्न सफल भएकी छन्।

‘हाम्रो गाउँमा लोकसेवाको तयारी गरेर सरकारी सेवामा प्रवेश गर्ने चलन अहिले पनि त्यति धेरै छैन। अघिल्लो पुस्तामा पनि आर्मी र प्रहरीमा जाने प्रवृत्ति बढी थियो। गाउँको परिवेशमा शारीरिक रूपमा बलियो हुनुपर्ने र त्यस्ता सेवामा जानुपर्ने सोच बढी थियो,’ ज्योति भन्छिन्, ‘गाउँबाट चार–पाँच जनाले नाम निकाल्नु पनि ठूलो उपलब्धि मानिन्छ। कसैले लोकसेवामा नाम निकाल्यो भने पूरै गाउँमा चर्चा हुन्छ।’

यस्तो परिवेशमा सरकारी सेवाप्रतिको उनको रुचिको मुख्य आधार परिवार थियो। बाबुआमा दुवै शिक्षक भएकाले सानैदेखि शिक्षाको महत्त्व र सरकारी सेवाप्रतिको सम्मान बुझ्ने अवसर पाइन्। बुवाले उनलाई पढ्न, मेहनत गर्न र भविष्यमा सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य राख्न प्रेरित गरिरहन्थे। त्यही प्रेरणा बिस्तारै उनको आफ्नै सपना बन्यो।

परिवारमा तीन दिदीबहिनी र एक भाइमध्येकी माइली ज्योतिलाई सरकारी सेवामा जानुपर्छ भन्ने सोच सानैमा रोपिएको थियो। ‘सानैदेखि बाबाले हामीलाई पढ्नुपर्छ, राम्रो बन्नुपर्छ र सरकारी सेवामा प्रवेश गर्नुपर्छ भनेर प्रेरित गर्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘बाबाममी स्वयं शिक्षण पेसामा आबद्ध हुनुहुन्छ। विशेषगरी समाजमा योगदान गर्नुपर्छ भन्ने कुरा सधैं सिकाउनुहुन्थ्यो।’

मध्यमवर्गीय परिवारमा हुर्किएकी ज्योतिको बाल्यकाल विलासितामा बितेन। घरबाट करिब ४५ मिनेट पैदल हिँडेर विद्यालय पुग्नुपर्थ्यो। ‘घरमा घाँस काट्ने, दाउरा गर्ने, खेतीपाती गर्ने र मेलापातजस्ता सामान्य काम पनि गर्नुपर्थ्यो। ती काम गर्दै पढाइलाई अगाडि बढाएँ,’ उनी भन्छिन्, ‘बाबाले पनि सधैं सरल जीवन बिताउनुपर्छ, अनावश्यक चमकदमक गर्नु हुँदैन र आफू जस्तो छौं त्यस्तै रहनुपर्छ भनेर सिकाउनुहुन्थ्यो।’

विद्यालय तहमा सधैं उत्कृष्ट नतिजा ल्याउने ज्योतिले एसईईपछि विज्ञान विषय रोजिन्। गोकुलगंगाबाट विज्ञान पढ्न जाने थोरै विद्यार्थीमध्ये उनी एक थिइन्। विज्ञान पढेपछि विदेश जाने लहड चलेको बेला पनि ज्योतिको मन भने आफ्नै माटोमा अडिएको थियो। ‘साथीहरू विदेश जाऔं, यहाँको तलबले के हुन्छ र भन्थे। तर मेरो सपना भने नेपालमै बसेर केही गर्ने थियो,’ उनी भन्छिन्।

यही दृढताले उनलाई लोकसेवाको कठिन यात्रामा डोहोर्‍यायो। सुरुवाती एक वर्षको तयारीपछि नायब सुब्बामा असफलता हात लाग्यो। तर उनी निराश भइनन्। ‘पहिलो प्रयासमै सफल हुने लक्ष्य राखेर पूरा समय घरमै बसेर पढ्ने निर्णय गरेँ,’ उनी तयारीको शैली खुलाउँछिन्, ‘सुत्ने, खाने र खाना बनाउनेजस्ता दैनिक कामबाहेक दैनिक करिब आठदेखि दस घण्टासम्म निरन्तर पढाइमा समय दिन्थेँ।’

लोकसेवाको तोकिएको पाठ्यक्रम गहिरोसँग बुझ्ने र पढेका कुरा निरन्तर दोहोर्‍याउने नै उनको मुख्य हतियार थियो। सामाजिक सञ्जाल चलाए पनि आफूलाई आवश्यक पर्ने कुरा मात्र हेर्ने र अनावश्यक कुरालाई पन्छाएर समय व्यवस्थापन गर्ने उनको बानी थियो।

सुरुमा करिब २३ हजार प्रतिस्पर्धीबाट सुरु भएको शाखा अधिकृतको यो दौडमा उनी आफू प्रथम नै हुन्छु भन्नेमा विश्वस्त थिइनन्। ‘सुरुमा मेरो लक्ष्य भनेको परीक्षा पास गर्नु थियो। तर पहिलो स्थान नै हासिल गर्छु भनेर सोचेकी थिइनँ,’ उनी त्यो अविस्मरणीय क्षण सम्झिन्छिन्, ‘नतिजा आएको दिन राति करिब ९ः३० बजे एक जना सिनियर दाइको फोन आयो। उहाँले फोन गरेर तिमी पास भयौ, पहिलो नम्बरमा र्‍याङ्क छौ भन्नुभयो। त्यो सुनेपछि म केही क्षण त अवाक् भएँ। विश्वास नै गर्न सकिनँ।’

त्यो राति ज्योतिको घरमा छाएको खुसी शब्दमा वर्णन गर्न कठिन थियो। ‘बाबा र ममी एकदमै खुसी हुनुभयो। छोरीले यति राम्रो गरिन् भन्ने गर्व थियो। बाबाआमाको खुसी र गर्व देख्दा आफूले गरेको मेहनत सफल भएको महसुस भएको थियो,’ ज्योतिले भनिन्।

उनका अनुसार विशेषगरी गाउँघरमा महिलाहरूलाई सानै उमेरमा विवाह गरिदिने र विवाहपछि करियर सकिने मान्यता अझै व्याप्त छ। उनले आफैंले पनि यो उमेरमा विवाहको दबाब महसुस गरेकी छन्। ‘गाउँमा धेरैजसोले २४ वर्ष भइसक्यो, अब त विवाह गर्ने बेला भयो भन्ने गर्छन्। तर महिलाहरूले विवाह गर्नुपर्छ भन्ने सोचले मात्रै पढाइ र करियर रोक्नु हुँदैन,’ उनी भन्छिन्, ‘विवाहपछि पनि करियर बनाउँछु भन्ने सोच राख्न सकिन्छ। मेरो विचारमा पढाइमा महिला र पुरुषबीच लैंगिक आधारमा खासै फरक हुँदैन। कसले कति अवसर पायो र त्यसका लागि कति मेहनत गर्‍यो भन्ने कुराले महत्त्व राख्छ।’ लोकसेवाले २०८२ मंसिर २४ मा निकालेको विज्ञापनको गत जेठमा परीक्षा भएको थियो । गएको कात्तिक २१ मा अन्तिम नतिजा आएको हो । अब मंसिर ७ गतेदेखि स्टाफ कलेजमा तालिममा सहभागी हुनुपर्ने उनले बताइन् ।

प्रशासन संयन्त्रमा प्रवेश गर्दा ज्योतिका प्राथमिकता स्पष्ट छन्। ‘म महिला भएकै कारण कुनै जिम्मेवारी पूरा गर्न सक्दिनँ भन्ने सोच राख्दिनँ। आफ्नो क्षमताअनुसार काम गर्न सक्छु भन्ने आत्मविश्वास छ,’ उनी भन्छिन्। आगामी पाँच वर्षभित्र जिम्मेवारीलाई निरन्तरता दिँदै स्नातकोत्तर र त्यसपछिको उच्च शिक्षा हासिल गर्ने उनको लक्ष्य छ।

उनी लोकसेवाका आकांक्षीहरूलाई छोटो समयको कडा मिहिनेतभन्दा निरन्तरता र अनुशासनमा जोड दिन्छिन्। ‘कहिलेकाहीँ २४ घण्टा वा १८ घण्टा पढ्ने अनि भोलिपल्ट तीन दिन आराम गर्ने बानीले सफलता हासिल गर्न गाह्रो हुन्छ,’ उनी सफलताको सूत्र बाँड्छिन्, ‘त्यसको सट्टा दैनिक दुई–तीन घण्टा नै किन नहोस्, नियमित रूपमा पढ्ने बानी बसाल्नुपर्छ। निरन्तरता, धैर्य र अनुशासन कायम राख्नुपर्छ र लक्ष्यप्रति प्रतिबद्ध भएर अगाडि बढ्यो भने एक दिन अवश्य सफल भइन्छ।’

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
बागमतीका १४२ शाखा अधिकृतको सरुवा तथा पदस्थापन

बागमतीका १४२ शाखा अधिकृतको सरुवा तथा पदस्थापन

बागमती प्रदेश सरकारले १४२ जना वरिष्ठ शाखा अधिकृत तथा शाखा अधिकृतको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ।

#शाखा #अधिकृत
Compare →
Onlinekhabar
19h ago
नेपाल राष्ट्र बैंकले माग्यो ६१ कर्मचारी, अधिकृतदेखि सहायकसम्म अवसर

नेपाल राष्ट्र बैंकले माग्यो ६१ कर्मचारी, अधिकृतदेखि सहायकसम्म अवसर

२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६१ जना कर्मचारी भर्ना गर्नका लागि लागि विज्ञापन खुलाएको छ । सहायक निर्देशकदेखि सहायकसम्मका पदमा खुला परीक्षाबाट पदपूर्ति गर्न राष्ट्र बैंकले विज्ञापन खुलाएको हो । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन …

#अधिकृत
Compare →
Hamro Patro News
1d ago
कुलोमा डुबेको अवस्थामा ५६ वर्षीया महिला मृत फेला

कुलोमा डुबेको अवस्थामा ५६ वर्षीया महिला मृत फेला

प्युठानको माण्डवी गाउँपालिका–१ दमारेमा कुलोमा डुबेको अवस्थामा एक महिला मृत फेला पर्नुभएको छ । मृत्यु हुनेमा स्थानीय बुटेनी निवासी ५६ वर्षीया लोकी देवी सुनार रहनुभएको जिल्ला प्रहरी कार्यालय प्युठान...

#वर्षीया
Compare →
Arthasansar
1w ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

#शाखा
Compare →
Bizshala
2w ago
गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ३ बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा...

#शाखा
Compare →

Related Stories

Education & Youth
Build #2612