Trending
Prev Story
Next Story

निजामतीमा १८९ अधिकृत सिफारिस हुँदा गुल्मीका मात्रै १० जना

Ekantipur •
November 18, 2026 • 11:32 AM
2
2 reads 0 reactions

लोकसेवा आयोगले सार्वजनिक गरेको १८९ जना शाखा अधिकृतको अन्तिम सूचीमा गुल्मीका १० जना प्रशासन, लेखा र राजस्व समूहमा सिफारिस भएका छन् ।

निजामतीमा १८९ अधिकृत सिफारिस हुँदा गुल्मीका मात्रै १० जना

लोकसेवा आयोगले सार्वजनिक गरेको १८९ जना शाखा अधिकृतको अन्तिम सूचीमा गुल्मीका १० जना प्रशासन, लेखा र राजस्व समूहमा सिफारिस भएका छन् ।

बुटवल — निजामती सेवामा माथिल्लो तहसम्मै वर्चस्व राख्दै आएको गुल्मीले यसपटक पनि चर्चा पाएको छ । कात्तिक तेस्रो साता प्रकाशित लोकसेवा आयोगको राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदको नतिजामा गुल्मीका १० जना उम्मेदवार सफल भएका हुन् ।

लोकसेवाले १ सय ८९ जनाको सूची सार्वजनिक गरेकोमा गुल्मीका विभिन्न स्थानीय तहमा स्थायी ठेगाना भएका १० जना निजामती सेवाका लागि सिफारिस भएका हुन् ।

लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीका लागि अन्तिम नतिजामा १ सय ८९ जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यसमा खुलातर्फ ९३ जना र बाँकी अन्य तथा समावेशी समूहबाट सिफारिस भएका हुन् । यसअघि पनि २०८० सालमा ११८ जना शाखा अधिकृत सिफारिस हुँदा गुल्मीबाट १६ जना परेका थिए । यसपटक पनि १० जनाले नाम निकालेपछि जिल्लाको चर्चा बढेको हो ।

गुल्मीपछि यस क्षेत्रका स्याङ्जा, पाल्पा र अर्घाखाँचीका युवामा पनि लोकसेवाप्रतिको चासो बढ्दो छ । त्यसैले निजामती सेवामा पनि त्यहीअनुसारका कर्मचारीको वर्चस्व रहेको देखिन्छ ।

यसपटकको नतिजामा गुल्मीको धुर्कोट गाउँपालिकाबाट तीन जना छन् । धुर्कोट–४ का विनोदप्रसाद पोखरेल र निर्मला पोखरेल तथा धुर्कोट–६ का सुशील खत्री अधिकृत बनेका छन् ।

त्यस्तै, इस्मा गाउँपालिका–५ का विपिन घिमिरे र इस्मा–४ की गोमा बस्नेत, रुरुक्षेत्र गाउँपालिका–४ की प्रतिमा ज्ञवाली, मुसिकोट नगरपालिका–३ का रणबहादुर थापा, मालिका गाउँपालिका–४ की लक्ष्मी अर्याल, रेसुंगा नगरपालिका–२ का प्रकाश पन्थी र मदाने गाउँपालिका–२ का प्रकाश भुसाल सिफारिस भएका छन् । सिफारिस हुनेहरू प्रशासन, लेखा र राजस्व समूहका छन् ।

सिफारिस भएका उम्मेदवारहरूको पृष्ठभूमि भने फरक–फरक छ । सिफारिस भएकामध्ये कोही पहिलोपटकमै अधिकृत बनेका हुन् भने कोही तल्लो तहबाट प्रतिस्पर्धा र संघर्ष गर्दै अधिकृत तहमा पुगेका छन् । केही पदोन्नतिबाट आएका छन् ।

इस्मा–५ का विपिन घिमिरेले तल्लो तहबाट सुरु गरेर अधिकृतसम्मको यात्रा पूरा गरेका छन् । उनी सुरुमा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका थिए । पछि नायब सुब्बा हुँदै महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत रहेकै बेला उनी शाखा अधिकृत बन्न सफल भएका हुन् । छोराको निरन्तरको साधना र सफलताले परिवारको सपना पूरा भएको उनका बुवा ईश्वरीप्रसाद घिमिरेले बताए ।

त्यस्तै, मालिका–४ की २७ वर्षीया लक्ष्मी अर्याल पूर्वसञ्चारकर्मी हुन् । झन्डै तीन वर्ष सञ्चार क्षेत्रमा काम गरेकी उनी सामाजिक र राजनीतिक काममा पनि सक्रिय थिइन् । तर, सञ्चारकर्मीको जिम्मेवारी छोडेपछि उनले अध्ययन सकेर सरकारी कर्मचारी बन्ने प्रयासमा लागिन् । त्यहीअनुसारको संघर्षले पहिलो प्रयासमै अधिकृत बन्ने सफलता पाएको उनले बताइन् । ‘गुल्मीमा लोकसेवा तयारीका लागि अग्रजहरूको राम्रो माहोल र प्रेरणा पाइन्छ,’ उनले भनिन्, ‘त्यही वातावरणले गर्दा पहिलो प्रयासमै नाम निकाल्न सफल भएँ ।’ लोकसेवाका लागि कठिन मेहनतभन्दा पनि सेड्युलबेसको अध्ययन महत्त्वपूर्ण हुने उनको सुझाव छ ।

रुपन्देहीको मर्चवारी गाउँपालिकामा कार्यरत रहँदै अधिकृतमा नाम निकालेका धुर्कोटका सुशील खत्रीले निरन्तरको अध्ययन, आत्मविश्वास र धैर्य नै लोकसेवाको मूलमन्त्र भएको अनुभव सुनाए । ‘नियमित र योजनाबद्ध मेहनत गर्न सके नतिजा आफ्नै पक्षमा आउँछ,’ उनले भने, ‘मुख्यतः निरन्तरको प्रयास नै हो ।’ मुसिकोट नगरपालिका–३ का थापा पनि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा नायब सुब्बाका रूपमा काम गर्दै अहिले अधिकृतमा पुगेका हुन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6h ago
गुल्मीमा कार्यरत प्रहरी इन्स्पेक्टर पर्वतकुमार केसी मृ*त फेला

गुल्मीमा कार्यरत प्रहरी इन्स्पेक्टर पर्वतकुमार केसी मृ*त फेला

२ मंसिर, गुल्मी । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । आफ्नै निवासको कोठामा केसी मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ …

#गुल्मी
Compare →
Hamro Patro News
9h ago
गुल्मीमा प्रहरी निरीक्षक केसी क्वाटरभित्रै मृत भेटिए

गुल्मीमा प्रहरी निरीक्षक केसी क्वाटरभित्रै मृत भेटिए

गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वत कुमार केसी मृत भेटिएका छन् । उनी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको सिनियर अधिकृतको निवास (क्वार्टर) मा अचेत अवस्थामा फेल...

#गुल्मी
Compare →
Nagarik News
1w ago
बालेन्द्र सरकारलाई वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृतको चुनौती

बालेन्द्र सरकारलाई वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृतको चुनौती

वीरगञ्ज महानगरपालिकामा हाजिर भएको झन्डै छ महिना हुन लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत बोहराले नियमअनुसार भुक्तानी गर्नुपर्ने पुराना बक्यौता रकम रोकेर विकास निर्माणका काम प्रभावित बनाएको आरोप लागेको छ।

#अधिकृत
Compare →

Related Stories

Business & Economy
Build #2612